विवेक आचार्य, कपिलवस्तु ।
बिकास एक बहुआयामिक,बहुउदयमान ,गतिशिल परिबर्तनशिल सकरात्मक धारमा जोडिएको आधार हो जसले मानबिय,भौतिक ,सामाजिक लगायत बिभिन्न गुणात्मक सँग सगै परिणात्मक मुल्यांकनलाई उच्चारण गर्छ ।
शक्ति सन्तुलनता संगसँगै बिकासको मुख्य मेरुदन्ड भन्नु नै युबाबर्ग हो । जसरी एउटा टि.भि. चलाउने माध्यम रिमोट हो त्यस्तै देशको शक्ति सन्तुलनको मुख्य अंग नै युबा हुन । देश बिकासमा आर्थिक ,सामाजिक ,मानबिय ,भौतिक ,राजनितिक तथा प्रबिधिक जस्ता पाटाहरुको भुमिका रहेको हुन्छ । हाम्रो समाज अनुसार बिकास भन्नाले सामान्य सडक कालोपत्रे गर्नु भन्ने बुझिनछ तर त्यो त एक भौतिक पाटो मात्र हो जसको पुरा रुप मध्ये बिकासका पुर्बधारहरु जस्तै शिक्षा ,स्बास्थ्य ,यातायात , सन्चार ,खानेपानिको पहुँचमा रहनु भन्ने बुझिन्छ तर भौतिक बिकासलाई मात्र बिकास भन्नु कुनै परिक्षामा कुनै बिषयमा पूर्णांक बराबर र कुनै बिषयमा खाता नखोल्ने जस्तै हो ।
अहिले बहुसङख्यक युवाहरु गाँस ,बास र कपासको लागी परिश्रम गरीरहेका छन । रोजी रोटीको लागी स्वदेशी तथा बिदेशी श्रम बजारमा युवाहरुको मोलतोल भईरहेको छ । श्रम र मुल्यबिचको सिद्रान्त असन्तुलित बन्दै जानुले बेरोजगारीताको दर्दनाक संकट नेपालजस्ता बिकाशन्मुख मुलुकले भोग्नुपर्ने तितो यथार्थ हाम्रो माझमा छर्लङ छ । खानका लागी बाँचिरहेका छौ या बाँच्नका लागी खाईरहेका छौँ यस प्रश्नको सहजै उत्तर पाउन गाह्रो छ । तर पनि बहुसङख्यक नेपाली जनताहरु बिहान खायो साँझ के खाने भन्ने समस्यामा पिरोलीरहेका हुन्छन । आर्थिक पछौटेपनाले गर्दा नै दलहरुको सस्तो लोकप्रिय नारा र आर्थिक क्रान्तिका ठुला ठुला सपनाका पछि युवाहरु कुद्ने गरेका छन । यदपी नेपाली जनताको भोको पेटको युद्ध ,नाङगो शरीरको युद्ध्रबाट केही नेताहरु समृद्ध हुनेबाहेक अरु उपलब्धी हासिल भएको छैन । त्यो नेपाली युवाहरुले बुझनु पर्ने कुरा हो । झन पछि झन नेपाली युवाहरुको आर्थिक अवस्था न्युन बन्दै गएको छ । करिव ४० प्रतिशत जनसङख्या रहेको नेपाली युवाहरुलाई राज्यको तर्फबाट त्यति प्राथमिकता दिएको पाईदैन ।
पछिल्लो समय बिभिन्न प्रतिवेदनलाई हेर्दा राजनितिमा युवा सहभागीता न्युन देखिन्छ । ठुला पाटीका शिर्ष तहका युवा नेताहरुको आर्थिक अवस्था निकै सवल देखिएको छ । साना पाटी र जिल्ला तहका अधिकांस युवा नेताहरुको अवस्था मध्यम प्रकृतिको रहेको छ । बिभिन्न दुतावास र एनजिओ हरुले अन्तराष्ट्रिय युवा सम्मेलनका नाममा करोडौँ खर्च गर्ने ,भत्ता दिने ,कक्टेल डिनरमा सहभागी गराउने जस्ता कामले युवाहरुमा नकारात्मक परीपाटीको बिकाश भएको सत्य हो । जसलाई स्वयम राजनितिक दलका युवा नेताहरुले समेत स्वीकादैँ आएका छन । अन्य क्षेत्रका युवाहरुको तुलनामा यस क्षेत्रका युवामा श्रम गर्ने वानीको बिकास हुन सकेको छैन । जसभित्र राजनितिक सस्ंकार मुख्य जिम्मेवार छ ।
नेपालमा रोजगारीको क्षेत्र बिकाश हुन सकिरहेको छैन । हाम्रा बिश्व बिद्यालयहरु वेरोजगार उत्पादन गर्ने कारखाना बन्दै छन । शिक्षामा पुनः संरचनाको कुरा उठे पनि यसले आकार ग्रहण गर्न सकिरहेको छैन । पढेलेखेकै भएकाले खेति किसानी र सानो कामलाई हेय भावले हेर्ने दृष्टिकोण बढ्दै छ र जसले गर्दा सानो काम गरे घटिन्छ भन्ने चिन्तन हुर्कदै गएको छ । डिग्री पासको सटिफिकेट हातमा लिएर खाडी मुलुकमा श्रम गर्न बाध्य छन युवाहरु । नेपालमा शिक्षित भएर पनि बेरोजगार युवाहरुको सङख्या पनि बढ्दै गएको छ । यति नै छन भनेर रेकर्ड नभए पनि प्रतिवर्ष मुलुकले १० देखि १५ प्रतिशत शिक्षित तर बेरोजगार युवाहरुको भार थेगिरहेको छ । यिनिहरुको अवस्था अत्यन्तै पिडादायक छ । यसबेला राज्य बिरुद्र चरम आक्रोस यिनिहरुमा पैदा हुनु स्वभाविक हो
रोजगारीका लागी अन्य मुलुकमा जानुलाई बैदेशिक रोजगारी भनिन्छ । भारतलाई भने बैदेशिक रोजगार ऐनले बैदेशिक रोजगारमा समावेश गरेको छैन । अहिले आर्थिक अवस्था केहि मजवुत बनाउने नेपाली युवाहरुको रोजगारीको बिकल्प बैदेशिक रोजगार हो । यो ईतिहासकै सर्वाधिक युवा जनशक्ति हो । स्वदेशमा पुर्ण रोजगारीको अवस्था न्युन छ त्यसैले पनि नेपाली युवाहरुको लागी बैदेशिक रोजगारी उत्तम विकल्प भएको छ । बैदेशिक रोजगारीमा जाने युवाहरुले पनि बिभिन्न समस्या भोग्नु परेको छ । सरकारले उचित प्राथमिकता नदिनु ,भाषा ज्ञानको अभाव ,दक्ष जनसक्तिको अभावजस्ता समस्या भोग्नुपरेको छ ।
जे जस्ता समस्या भए पनि बिप्रेषण नेपालमा बढ्दै गएको छ । बिदेशमा आश्रीत घरहरुको जीवनस्तर सुधार हुदै आएको छ । समग्रमा भन्दा नेपाली युवाहरुको आर्थिक अवस्था सन्तोष जनक नभएको र रोजगारीको अवशर प्राप्त नभएको निष्कर्ष सहजै निकाल्न सकिन्छ । नेपाली युवाहरुलाई अहिलेको आर्थिक अवस्थावाट माथी उठाउन तपशिलका बिषयहरुहरुलाई संवैधानिक रुपमा नै व्यवस्था गर्नुपर्दछ । नेपालमा युवाको आर्थिक अवस्थाा सुर्धान ,वेरोजगारीता घटाउन ,निति नियम बन्छन । योजना र कार्यक्रम तयार गरिन्छ तर कार्यान्वयन हुदैनन् । तसर्थ आर्थिक हिसांको अधिकांस भाग ओगट्ने युवा पुस्तालाई बेवास्था गर्नु राज्यको लागी दुभाग्यपुर्ण कुरा हो ।
“जय देश, जय युवा”
(लेखक बिबेक आचार्य सिभिल ईन्जिनियर सेबामा नेपालको निजामति सस्था संग आबद्द छन्)