तारापति सुवेदी को असारे भाका घन्कियो (भिडियो सहित)

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।

अग्रज तथा लोकप्रिय गायक तारापती सुवेदीको असारे भाकाको गीत भर्खर मात्र सार्वजनिक भएको छ । असार महिना किसानहरुका लागी मानो खाएर मुरी उब्जाइ बर्ष भरीका लागी खाद्यान्न उत्पादन गर्ने बेला हो ।

रिमझिम बर्षायाममा पानीमा भिजेर छुपु र छुपु हिलोमा धान रोपेर किसानहरुले एक आपसमा आत्मियता र हार्दिकता साटासाट गर्ने गर्दछन् । असार पन्ध्र दहि च्युरा खाने दिनको महत्व अनि गाउँघरमा अरिम परिम गरी एक आपसमा मिलेर सबै जनाले पालैपालो रोपाई गर्दाका क्षणहरु,एक आपसमा हिलो छ्यापा छाप गरी साटिएका खुसीहरु, गैरी खेत, टाँडी खेतमा फलेका पहेलपुरे धानको चामलको स्वाद गीतमा यि र यस्तै भावहरु झल्किएका छन् ।

आफ्नो हरेक सिर्जना मार्फत मौलिकता दिने गायक सुवेदीले लोप हुन लागेको असारे भाकालाई सबैमाझ परिचित बनाउन गीत बनाएको बताएका छन् । देश काल र परिस्थिति अनुसार मौलिक टिपिकल गीत गाउन अब्बल गायक सुवेदी यस अघि पनि थुप्रै किसिमका देशभक्तिपुर्ण,सन्देशमुलक,मनोरञ्जनात्मक किसिमका गरी दर्जनौ गीतहरु सार्वजनिक गरिरहेका छन् । जाने कला नत्र चर्तिकला भनेझै उनको गीत संगित प्रतिको निरन्तर साधना र लगावका कारण उनका गीतमा अत्यन्त मौलिकता, कलात्मकता, श्रृंगार,यर्थातता पाइन्छ ।

तारापती सुवेदीको लय, स्वर केशरी अधिकारी सुवेदीको शब्द रहेको गीतमा दिवश थापा मगरको संगीत, दिपक अधिकारीको सम्पादन तथा निर्देशनमा निर्माण गरिएकोगीतलाई सुवेदीले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन । भिडियो……….


प्रकाशित : २०७७ असार ६, शनिबार १६:४०