काेभिड–१९ र वातावरण विषमताका बीच सुखी

लेखक ध्रुब पौडेल
२१ असार , २०७७ कपिलवस्तु
हरेक वर्ष जून–५ का दिन विश्वभरका वातावरणविद् तथा वातावरणप्रेमीहरुले वातावरणलाई कसरी स्वच्छ , सन्तुलित, हराभरा तथा पृथ्वीलाई मानिस एवम् अन्य जीव जन्तुलाई स्वच्छ वायुयुक्त बनाउन सकिन्छ भन्ने मनाशायका साथ मनाउने दिवशको रुपमा चिनिन्छ ।
डिसेम्बर २०१९ तिर चीनको उहान प्रन्तबाट उत्र्सजित कोरोना भाइरसले ६ महिनाको अवधिमा २१५ वटा मुलुकका १ कराेड २ लाख भन्दा बढी व्यक्तिहरुलाई संक्रमित गरी सकेको छ भने यसले करीब ५ लाख भन्दा बढी व्यक्तिहरुलाई मृत बनाएको छ । नेपालमा पनि हाल सम्मकाे अवधिमा संक्रमितको संख्या १३,२४८ पुगेको छ भने २९ जना व्यक्तिको मृत्यु समेत भई सकेको छ । विश्वका अत्यधिक राष्ट्रहरु यस महामारीबाट गम्भीर ग्रसित भई लकडाउन अथवा बन्दाबन्दीको अवस्थाबाट गुज्रिरहेका कारण आर्थिक एवम् सामाजिक व्यवस्थामा प्रतिकूल असर पारेको छ । मानिस जातिका लागि अत्यन्तै खतरनाक भनिएको कोभिड–१९ले विश्व मानव समाज, अर्थतन्त्र र अन्र्तराष्ट्रिय व्यवपारलाई अत्यन्तै जीर्ण बनाएता पनि यसले प्राकृतिक वातावरणलाई अनुकुल प्रभाव पारेको देखिन्छ ।
वातावरण प्रदुषण विश्वव्यापी समस्याको रुपमा रहेको छ र यसले अविकसित राष्ट्रहरु भन्दा विकसित राष्ट्रहरुलाई बढी प्रतिकूल प्रभाव पारेको देखिन्छ । यसको उदाहरणको रुपमा २०१२ मा गरिएको एक सर्वेक्षणमा वातावरण प्रदुषणका कारण १ लाख ९३ हजार व्यक्तिहरुको मृत्यु भएको पाइन्छ ।
विश्वव्यापी रुपमा भएको लकडाउनका कारण कल कारखाना यातायात तथा वायुसेवा बन्द रहेको हुँदा कार्बन उसर्जन तथा अत्यधिक प्रदुषकको रुपमा रहेको जीवाशेष उर्जाको खपतमा कमि आएको छ । ७५ वर्षको अवधिमा पहिलो पटक वायुसेवा ९६ प्रतिशतले घटेको छ जस कारण विश्वमा कच्चालेलको माग न्यून भएको हुँदा यसको मूल्यमा अत्यधिक गिरावट आएको छ । लकडाउनका कारण यातायात तथा कलकारखाना बन्द हुँदा वातावरणमा सकारात्मक प्रभाव परेको छ । नासा र ईएसएले जारी गरेको नयाँ तथ्य अनुसार वातावरणीय गुणस्तरमा धेरै सुधार आएको र नाइट्रोजन डाईअक्साईड -एनओ२_ उर्सजनमा ३० प्रतिशत ह्रास आएको जनाएको छ । फाउसीटिनका अनुसार एनओ २ मानव स्वास्थ्यमा सबैभन्दा प्रभाव पारेको छ । वायु प्रदुषणको मुख्य कारक तत्व मानिन्छ । नासा र ईएसएले सन् २०१९ मार्च देखि २०२० मार्च सम्म जारी गरेको तथ्याङ्क अनुसार चीन, इटाली, फ्रान्स, स्पेन र अमेरिकामा एनओ २ को उर्षजनमा २० देखि ३० प्रतिशत ह्रास आएको जनाएको छ । यसै गरी एनओ २ मात्र नभई वायुमण्डलमा कण पदार्थ प्रदुषण (पीएम २.५) मा ३० देखि ३५ प्रतिशत कमी आएको छ । मुख्यतः २.५ माइक्रोन भन्दा साना तरल पदार्थ र ठोस कणहरु मानव स्वासनलीबाट सजीलै प्रवेश गरी मानव स्वास्थ्यमा हानी पु¥याउने गर्दछन् । यस्ता पदार्थमा आएको कमीका कारण मानव स्वास्थ्यलाई धेरै लाभ पुगेको छ ।
वैज्ञानिकहरु तथा भू–उपग्रहहरुले प्रदुषणको मापनलाई निरन्तरता दिई राख्दा र कोभिड–१९को माहामारी जारी रही रहँदा यस बाट प्राप्त तथ्याङ्कबाट विकासको उन्मादमा मानव जातिले वातावरणलाई पु¥याएको क्षति अकल्पनिय छ । यस कोभिड–१९ ले हामीलाई भविष्यमा सबै किसिमका असमानताहरुलाई हटाई सामाजिक मात्र होईन वातावरणीय न्यायपूर्ण समाजको विकास गर्नु पर्ने कुरा सिकाएको छ । हामीले प्रयोग गर्ने वस्तुको बुद्धिमतापूर्वक छनौट गरी वातावरणमैत्री वस्तु उत्पादनमा जोर दिनु पर्छ अन्यथा कोभिड–१९ माहामरी पश्चात पनि हामी विश्व वाष्पिकरण र जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनिय माहामारीको सामना गर्न तयार रहनुपर्छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *