ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिमालमा जोखिमहरु हुन्छन्, जीवनमा हिमालहरु हुन्छन्

लुम्बिनी दर्पण २०७७ असार २६, शुक्रबार ०२:१५
[sharethis-inline-buttons]

खगेन्द्र प्रसाद पाठक
हिमालमा जोखिमहरु हुन्छन्, जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको सुन्दर कविता हो । जोखिमहरुदेखि तर्सनेहरु सधैँ कुरुप कविता रचना गर्दछन् ।

एक वर्ष बितिसकेछ । काठमाडौँमा लोकसेवा पढ्न गएको थिएँ । असार २३ गते बिहानै देवेन्द्र पौडेल सरसँग चिया पिउँदै जीवनका आरोह र अवरोहका बारेमा गफ गरेका थियौ । त्यसपछि नेममा कक्षा सकिएपछि करिब १० बजेतिर बिरामी भेट्न धुलीखेल अस्पतालतर्फ लागेँ ।

त्यहाँ जाँदै गर्दा कथित “सिरिन्ज काण्ड” का नाममा मभित्र रहेको सोझोपन र इमानदारितामाथि निर्मम प्रहार गरिएको थियो । म मरेर बाँचेको थिए त्यसदिन । त्यो अत्यास र कहालीलाग्दो दिन मेरो जीवनको अप्रत्यासित रुपमा ग्रहण लागेको दिन थियो ।

नियतिले बुवाको माया पाउन बञ्चित गराए पनि मेरी आमाले बात्सल्ले प्रेमको अभाव हुन कहिल्यै दिनु भएन । जीवनका यावत दुख र कष्टहरुका ग्रहण आफ्नै थाप्लोमा राखेर सन्तान सुखमा रमाउने मेरी बुढी आमा, घर गृहस्तिको सारा जिम्मेवारी समालेर मलाई स्वतन्त्र ढंगले निश्चिन्तताका साथ बग्न दिने श्रीमती (कल्पना) र साना छोराहरु केशर र शंकरलाई मैले झलझली सम्झिरहेको थिए ।

मेरी आमा दया, माया र करुणाकी सतिसाल हुनहुन्छ । म त उहाँकै पाइला पछ्याएर हिड्ने छोरा, आमाको प्रेरणा, श्रीमतीको हौसला, मेरो कर्ममा गर्व गर्ने छोराहरु त्यतिबेला मसँग थिएनन् तर, म एक्लो थिइन् । सत्य न्याय र इमानदारिताको विशाल धर्ती मसँग थियो ।

यद्यपि सत्यप्रतिको मेरो निष्ठा र इमानदारिताले गर्दा नै केही समयमै म निर्दोष सावित भएको थिएँ । असल सोचविचार, राम्रा–राम्रा कर्म गर्ने चाहना हुँदाहुँदै पनि कतिपय अवस्थामा मानिस प्रतिकूल परिस्थितिको भुमरीमा लुटपुटिनु पर्ने र कमारो नै बन्नुपर्ने, त्यतिबेला यी र यस्तै खालका भोगाइको म पनि अपवाद बन्न सकिन, अछुतो रहन सकिन ।

जीवनयात्राका क्रममा अनगिन्ती घुम्ती, खोंच, गल्छी र अप्ठ्यारा बाटाहरु पनि भेटिँदारहेछन् । मैले पनि यस घटनाबाट जीवनसम्बन्धी धेरै कुरा जान्ने र सिक्ने मौका पाएँ । जीवनलाई हेर्ने सबैको दृष्टिकोण फरक–फरक खालको भएजस्तै म पनि यस्तो खालको कुनै न कुनै एउटा चिन्तनबाट कहाँ टाढा रहन सक्छु र ? मैले बुझेसम्म यो लेखमा जीवनप्रतिको मेरो धारणा र बाँकी दिनहरुमा मैले रोजेको जीवनको बाटोको सम्बन्धमा आफ्ना भावनाहरु प्रस्तुत गर्ने जमर्को गरेको छु ।

जीवन दुःख सुखको अविराम र अविश्रान्त यात्रा हो । जीवनमा धेरै उतारचढावहरु र चुनौतीहरु आउने गर्दा रहेछन् । जे–जस्ता अप्ठ्यारा र चुनौतीहरु आइपरे पनि हामीले खुशीयालीका साथ त्यस्ता परिस्थितिहरुको हटेर होइन डटेर सामना गर्नुपर्दो रहेछ र बहादुरीका साथ जीवनमा आइपर्ने चुनौतीहरुको समाधानको बाटो रोज्नुपर्ने रहेछ ।
वास्तवमा त्यही नै वास्तविक जीवन हो जस्तो पनि लाग्न थालेको छ, आजकल मलाई । हो कहिलेकाहीँ चाहँदा नचाहँदै अनेक विपत्तिहरु झेल्नु पर्दछ । हामीले कहिल्यै नसोंचेका र नचाहेका मान्छेसँग लड्नु पर्ने हुन्छ । एउटा योजना बनाइ रहँदा, अर्कै काम गर्नुपर्ने स्थिति पनि आउन सक्छ । धेरै कुरा हामीले सोंचेजस्तै हुन्छ त्यसमा शंका छैन, तर सबै कुरा हामीले सोंचेजस्तो हँुदैन ।

हामीले सोंचेजस्तै भइदिएन भनेर मैदान छोडेर, कर्तव्य छोडेर र विजयको अवसर छोडेर हामी कहिल्यै भाग्नु हुँदैन । त्यसैले हाँस्नु मात्रै बाँच्नु होइन, रुनु भनेको मर्नु पनि होइन । आँखा रसाउनु कमजोर हुनु होइन र जीवनमा अप्ठ्यारा आउनु समाप्त हुनु पनि होइन । बाँच्नु भनेकै हाँस्नु र रुनु दुबै हो, गुमाउनु र पाउनु सबै हो ।

जीवन बुझ्दा र भोग्दा म के निष्कर्षमा पुगेको छु भने जीवन एक यात्रा पनि हो, जुन यात्रा हामीले सवार गर्नैपर्दछ । जीवनको यो यात्रा अति सटिक छ, मानौँ कि कुनै महोत्सव, मेला, पर्वजस्तो जुन कुनै निश्चित समयमा सुरु हुन्छ र कुनै निश्चित समयमा नै टुङ्गिन्छ ।

जीवनको यो यात्रामा समतल मैदानमा मात्र हिंड्न पाइँदोरहेनछ, हिंड्नु पर्ने पनि रहेछ झाडीहरुमा, काँडाहरुमा, तिखारिएर बसेका काँडे ढुङ्गाहरुमा, भिरहरुमा र फूलैफूलको संसारमा पनि । आखिर जे होस् जीवन बहुमूल्य छ । यो सुन्दर छ । यो प्रकृतिको एक अनुपम उपहार पनि रहेछ ।

त्यसैले जीवन यात्राका क्रममा आइपर्ने अप्ठ्यारा जँघार तर्दै त्यसलाई पार गरी सार्थक गन्तव्यमा पुग्नुको अर्को कुनै विकल्प हुनै सक्दैन । साँच्चै त्यस सार्थक गन्तव्यमा पुग्दाको मज्जा सायद जीवनमा कमै मान्छेले अनुभव गर्न पाउँछन् । यसका लागि अनवरत रुपमा अर्थपूर्ण सङ्घर्ष गरी राखे जीवनमा सफलता हात पार्न भने पक्कै पनि सकिन्छ जस्तो लाग्छ मलाई ।

जीवनलाई परिभाषित गर्ने सिलसिलामा केही राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरुका विचार र उनीहरुको यस प्रतिको दृष्टिकोणहरुलाई यहाँ प्रस्तुत गर्नु सान्र्दभिक ठान्छु ।

एथेन्सका महान दार्शनिक एवम् आफ्नो युगको सबैभन्दा बुद्धिमान् व्यक्ति सुकरातका अनुसार, “त्यो जीवन जिउन योग्य छैन, जसको पूर्णरुपले निरीक्षण र परीक्षण गरिदैन” । उनका अनुसार, यो जीवनभन्दा पहिला पनि कुनै अर्को जीवन थियो र यो जीवनपछि पनि जीवन हुनेछ । हाम्रो भौतिक शरीर नाशवान् रहेपनि आत्मा अमर छ ।

मलाई लाग्छ हामी यो मानव जीवनमा गरेका कर्मका आधारमा यस पश्चात् पुनः अर्को कुनै जीवनमा प्रवेश गर्नेछौँ । त्यसैगरी, जीवन सङ्घर्षशील हुन्छ । सङ्घर्षको परिणाम स्वरुप सफलता प्राप्त हुन्छ भन्ने कुराको पुष्टि संयुक्त राज्य अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति बाराक ओबामाको जीवनबाट पनि ग्रहण गर्न सकिन्छ । उनले गरेका कामलाई इतिहासले कुन रुपमा हेर्छ त्यो एउटा पाटो छ तर उनको कार्यकालमा अमेरिकामा गर्व र सुरक्षा महसुस गर्ने खालका केही काम भने अवश्य भएका छन् ।

एउटा सामान्य परिवारमा जन्मेर पनि विश्वव्यापी रुपमा गरिबीसँग लड्ने र हालको गरिबीको स्तरलाई आधा बनाउने जस्ता महत्वाकांक्षी योजना लिएका ओबामाको जीवनबाट पनि हामीले सिक्नै पर्ने प्रशस्त कुराहरु छन् ।

जीवनलाई कस्तो बनाउने, आफ्नो जीवनको कस्तो आकार निर्धारण गर्नेदेखि लिएर जीवनमा प्राप्त हुने सफलता, असफलताको कारक स्वयम् व्यक्ति नै हो भन्ने कुराको यो गतिलो उदाहरण पनि हो । समाज, देश र राष्ट्र निर्माणमा प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ भन्ने प्रेरणा पनि उनीबाट हामीले सिक्नै पर्दछ ।

जीवनलाई हेर्ने क्रममा नेपालकै केही व्यक्तित्वहरु छन् जसले जीवनमा गरेका सङ्घर्षका कार्यहरु अनुकरणयोग्य छन् । जीवनमा सदावहार सफलता नै हासिल गर्न सकिन्छ भन्ने छैन । जीवनमा असफलता पनि प्राप्त हुन्छ । आत्मविश्वासका साथ निरन्तर रुपमा सङ्घर्ष जारी राखे अवश्य पनि सफल हुन सकिन्छ भन्ने कुरा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जीवनबाट पनि जान्न सकिन्छ ।

‘असफलता नै सफलताको प्रतीक हो’ भन्ने कुरा उनले नेपाल एकीकरणको अभियानमा गरेका सङ्घर्षहरुबाट पनि पुष्टि हुन्छ । जीवनमा हार खान हुँदो रहेनछ । निरन्तर रुपमा अगाडि बढे सफल भइन्छ भन्ने कुरा उनीबाट सिक्न किन पछि पर्ने ? यदि उनले सङ्घर्षलाई निरन्तरता नदिएको भए आजको हामी सबैको आशाको धरोहर समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना सायद हुन्थेन होला पनि ।

जीवन जटिल छ । जीवन एक भोगाइ पनि हो । जीवनमा आइपरेका जटिलताहरुलाई पन्छाएर यसलाई सुन्दर पनि बनाउन सकिँदो रहेछ भन्ने कुरा हामीले साहित्यकार झमककुमारी घिमिरेको जीवनबाट पनि बुझ्न सक्दछौँ । जीवनमा असम्भव भन्ने केही पनि छैन भन्ने कुरा उनले नेपाली साहित्यमा पु¥याएको योगदानबाट पनि थाहा हुन्छ, विषम खालको शारीरिक अपांगता उनमा हुँदाहुँदै पनि ।

आज उनी हरेक नेपालीको मुटुको स्पन्दन बनेकी छन् । विश्वसामु सिङ्गो नेपाल र नेपालीले नै गर्व गर्ने लायक बनेकी छन् । विश्व समुदायमा नै एक सकारात्मक सूचना प्रवाह गरेकी छन् । हिन्दूधर्म दर्शन अनुसार मानव जीवन मोक्ष कर्मले मात्र प्राप्त हुन्छ । हिन्दू आख्यान अनुसार मानिसले पूर्वजन्ममा गरेका कर्मका फलका आधारमा पनि मानव जीवन प्राप्त हुन्छ भन्ने प्रसङ्गहरु पनि बाक्लै सुन्न पाइन्छ । जे होस् मानव जीवन सत्कर्मले मात्र प्राप्त हुन्छ भन्ने कुरामा कसैको दुईृमत नहोला ।

महान दार्शनिक सुकरातले भनेअनुसार यो जीवन पश्चात् पनि अर्को जीवन हुने हुँदा हाम्रो भावी जीवन कस्तो हुने भन्ने कुरा अहिलेको जीवनमा हामीले गरेका कर्मका फलका आधारमा निर्धारण हुन्छन् भन्ने कुरामा म विश्वस्त छु । त्यसैले हामीले यस ब्रम्हाण्डमा रहेका मानव जाति एवम् अन्य सम्पूर्ण प्राणीहरुको हित हुने र भलो हुने काम गर्नुपर्छ ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाले भने अनुसार अर्काको चहराइरहेको घाउँहरुमा मलम लगाउनु नै जीवनको अर्को रमणीय पाटो हो । अत्याधिक ज्वरो आइरहेका बेला पानीपट्टी गरिदिनु नै जीवनको सार्थकता हो । आपतविपत र महामारीमा सहयोगी हातहरु फैलाउनु नै जीवनको महानता हो ।

जीवनमा हरेक व्यक्तिले विभिन्न आरोह–अवरोह र गम्भीर चुनौतीहरु पार गर्नुपर्दछ । जसलाई हामीले हाँसी–हाँसी सामना गर्नुपर्दछ । प्रकृतिमा वसन्तको आगमनसँगै नयाँ पालुवा मुस्कुराएजस्तै मुस्कुराउनु पर्छ । आज सम्पूर्ण विश्वमा मानव जातिका अगाडि अनेक किसिमका जटिल समस्याहरु रहेका छन् ।

धनी होस् वा गरिब, महिला होस् वा पुरुष, सम्पन्न होस् वा विपन्न, प्रविधिमा उन्नतिशील होस् वा पिछडिएको, बालक होस् वा वृद्ध, प्रत्येक व्यक्ति समस्याहरुबाट पीडित छ । त्यसैले मानव जीवनमा आइपर्ने समस्याहरुका व्यावहारिक भएर समाधान खोज्नु सार्थक हुन्छ । त्यसैले, हामी सबै आ–आफ्नो ठाउँबाट उठेर र जागेर विकासमा हातेमालो गर्दे समुन्नत नेपाल निर्माणको महान अभियानमा जुट्नु वा सरिक हुनु हामी सबैको कर्तव्य हो र दायित्व पनि ।

आज मेरो बुझाइमा पनि जीवनको परिभाषा अलिक भिन्न खालको भएको छ । हरेक व्यक्ति आफ्नो भाग्य निर्माता वा जीवन निर्माण गर्ने स्वयम् आफ्नै हो । आफूले कस्तो जीवन व्यतित गर्ने भन्ने कुरा व्यक्ति स्वयममा नै निर्भर हुन्छ । जीवन गतिशील छ । जीवन आफूले खोजे र रोजे जस्तो हुन्न पनि । तैपनि जीवनमा आइपर्ने प्रतिकूल परिस्थितिहरुलाई छिचोल्दै अनुकूलताको चाहनाका साथ हिँड्न सक्नुपर्दछ ।

यो नै जीवनको सार्थकता भनाँै वा अर्थपूर्णता हो जस्तो लाग्दछ मलाई ।
त्यसैले हरेक व्यक्तिले आफ्नो जीवन कस्तो बनाउने, कसरी व्यतित गर्ने भन्ने जस्ता कुराहरु उसको नैसर्गिक अधिकार हो । हुन सक्छ त्यही कारणले मैले पनि मेरो आफ्नो जीवनको म आफू हिँड्ने बाटो निर्धारण गरेको छु । अबको जीवनको म हिँड्ने बाटो–साहित्य र यसको अध्ययन । साहित्यको अध्ययनबाट समाज र राष्ट्र– निर्माणमा अलिकति भए पनि टेवा पुगेमा मैले आफ्नो प्रयास र मेरो जीवनलाई सार्थक ठान्नेछु ।

त्यसैले मैले साहित्यका माध्यमबाट सत्यको चिन्तन गर्दैछु । यसैबाट दैनिक क्रियाकलापहरुसँगै न्याय, धर्म र अनुशासनको स्मरण गर्दैछु । निष्ठा र लगनशीलताका साथ साहित्यको बाटोबाट हिंड्दै वर्तमान र भविष्यको जीवन पनि सुन्दर र प्रेमपूर्ण बनाउने कोशिश गर्दैछु ।

लेखक खगेन्द्र प्रसाद पाठक वालिङ–१३ उदियाचौर, स्याङ्जा निवासी हुन् ।


प्रकाशित : २०७७ असार २६, शुक्रबार ०२:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech