लुदअ, लक्ष्मणघाट ।
बाणगंगा नगरपालिका वार्ड नं ६ गणेशटोलमा बस्ने ममता गन्धर्वको उपचारका लागी लक्ष्मणघाट सामाजिक विकास केन्द्रले आर्थिक सहयोग गरेको छ । अति विपन्न घर परिवारकी बर्ष २१ की ममता गन्धर्व बिरामीका कारण अस्पतालमा छटपटाइरहेकी छन् उनमा पाठेघरमा पानी जम्ने लगायत धेरै शारिरीक समस्या र रोगहरु रहेको परिवारले बताएको छ । जनता आवास कार्यक्रम अन्र्तगत सरकारले बनाएको सानो घरमा बसेका उनको घर परिवारको आर्थिक अवस्था अत्यन्त दयनिय रहेको छ ।
आर्थिक अभावका कारण सबैले सहयोग उठाएर भैरहवा मेडिकल कलेजमा राखेर उनको उपचार गरिएको छिमेकी दिनेश रञ्जनले बताएका छन् । उनको उपचारका लागी ठुलो रकमको आवश्यकता पर्ने सो को लागी सबैले आ आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने छिमेकी रञ्जनले बताएका छन् ।
२ सन्तानकी आमा ममताको श्रीमान बैदेशिक रोजगारीका लागी भारतमा रहेको परिवारले बताएको छ । यसै सन्दर्भमा आइतबार संस्थाको तर्फबाट अध्यक्ष रन बहादुर काउचा र सचिव थानेश्वर अधिकारीले उनको उपचार सहयोगार्थका लागी तिन हजार रकम सहयोग गरेको संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपाने बताएका छन् । उनको सहयोगका लागी आमा बालादेवी गन्र्धवको नाममा बैक खाता नं ०२९००००/२९१E र फोन नं ९८४१४२५८७१ र ९८०४४०८८७७ मा सम्पर्क गरी सहयोग गरेर ममतालाई पुर्न जिवन दिनका लागी परिवारले आग्रह गरेको छ ।