पुर्णचन्द्र परियारको तिमीलाई पाउन हो तीज गीत सार्वजनिक ( भिडियो सहित)

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

थानेश्वर अधिकारी,कपिलवस्तु ।
चर्चित गायक पुर्णन्द्र परियारको नयाँ मौलिक तीज गीत तिमीलाई पाउन हो आज सार्वजनिक भएको छ । नेपाली महिलाहरुको महान् चाड तीज गीत नजिकिदै गर्दा उनले सो गीत बजारमा ल्याएका हुन् ।

तीज ,दशैं तिहार कस्ता चाड पर्बहरू नेपाली समाजका मौलिक र परम्परागत रिती स्थिति र संस्कृति हुन्। यिनीहरूको मनाईने चलन वा रिती थिती पनि फरक फरक छ। यो गीतमा तीजको महत्वलाई झल्काइएको छ ।

गीतमा गायक पुर्णचन्द्र परियार र भिन्न क्षमता (दृष्टि बिहिन) गायिका धना घर्ति मगरको स्वर रहेको छ । रिना बम मल्लको शब्द, जिवन परियारको लय रहेको गीतमा निसा खनाल, स्वस्तिका बेल्वासे, कृष्ण वि.क., गोविन्दले अभिनय गरेका छन् । मनिष पन्तको निर्देशन, छायांकन र सम्पादन रहेको गीतको नृत्य निर्देशन लोकेन्द्र शाहको रहेको छ ।

गीत श्रीनगर फिल्म प्रोडक्सन प्रा.लि.,बुटवल मार्फत बजारमा ल्याइएको छ । कपिलवस्तु जिल्लाको धार्मिक एवम् पर्यटकीय तिर्थस्थल सुपा देउरालीमा छायांकन गरिएको सो गीत सबै दर्शक तथा श्रोताहरुले हेरेर सुनेर सहयोग गरिदिनु हुन गायक परियारको अनुरोध रहेको छ ।

भिडियो सहित…………


प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १५:५२