अमृत खाती, नमराज ढुंगाना, पूर्णकला बि.सी.,उमा श्रेष्ठ र कोपिला वाइबाको “कालो मोसो” सार्वजनिक

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

थानेश्वर अधिकारी–काठमाडौँ ।

तीज दशैं तिहार कस्ता चाड पर्बहरू नेपाली समाजका मौलिक र परम्परागत रिती स्थिति र संस्कृति हुन्। यिनीहरूको मनाईने चलन वा रिती थिती पनि फरक फरक छ। यिनीहरूमा केही हद सम्म बिकृति बिसंगति र अपसंस्कृति पनि छन् । तिनीहरूमा सुधार क्रमशः ल्याउनु नै पर्छ तर एकै चोटी निषेध गरेर होईन कि बिस्तारै रूपान्तरण र बदलाव ल्याउदैं जानू पर्छ।

ब्यबहारिक ज्ञानले सुधार ल्याउने कुरामा गीतले सकारात्मकता दर्साउन खोजेको छ। यसै सन्दर्भमा हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर कलाकारहरुले कालो मोसो दलौ बोलको तीज गीत बजारमा ल्याएका छन् । गीतमा लोकप्रिय गायकअमृत खाती, नमराज ढुंगाना, पूर्णकला बि.सी., उमा श्रेष्ठ र कोपिला वाइबाको स्वर रहेको छ । गीतमा मौलिक संस्कृती र गीत संगीतमा बिकृति र बिसंगतीलाई अन्त्य गर्न खबरदारी गरिएको छ ।

गीतको भिडियोमा कुल बहादुर ओली, मनिषा राई भिम के.सी. र भिम कुसारीले अभिनय गरेका छन् । गीतमा हुम गैरेको निर्देशन र बसन्त महर्जनको छायाँकन रहेको छ ।

भिडियो सहित….

 


प्रकाशित : २०७७ श्रावण १३, मंगलवार १५:३९