लुदअ साउन २२, काठमाण्डौ
दिउँसो कम पानी पर्दा गर्मी बढेको छ । मनसुन चलिरहेकाले दिउँसो गर्मी भए पनि राति पानी पर्ने गरेको छ । तर दिउँसो कम पानी परेपछि गर्मी बढेको हो ।
दिउँसो चर्को घाम लागेपछि सतहमा भएको पानी बादल बनेर आकाशमा रहने र राति चिसो भएपछि पानी पर्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज र भोलि पनि दिउँसोको भन्दा राति धेरै पानी पर्ने संभावना छ ।
आज र भोलि देशभरीकै मौसम सामान्य बदली भई एकरदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले जानकारी दिनुभयो ।
तर पर्सि शनिबार रातिदेखि भने मनसुन फेरि सक्रिय हुन लागेकाले आइतबार धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले पूर्व तयारी गर्न उहाँको सुझाव छ ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने र अरु केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज राति प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ का एकरदुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।