Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै

लुदअ साउन २८, काठमाण्डौ
पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसमविद्ले बताएका छन् ।

आज बाग्मती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक(दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा पानी पार्ने मनसुनी न्युन चापीय रेखा नेपाल नजिकै रहेकाले आज दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै अरु धेरै ठाउँमा मेघ गर्जनसहित हल्का देखि मध्यम खालको पानी पर्ने उहाँले बताउनुभयो ।

यस्तै राति बाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैबीच बाँकेको डुबान भैरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

गएराति बाँकेको कुशुम, नेपालगञ्ज, खजुरा आसपास ठूलो पानी परेकाले मानखोला र डुडुवाखोलामा एक्कासि बाढी आउने र राप्तीमा पानीको सतह बढ्ने भएकाले डुबान भैरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन महाशाखाले अनुरोध गरेको हो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *