ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बिज्ञान ले हार्ने छैन, एकान्तबाट चिट्ठी –बिचार

लुम्बिनी दर्पण २०७६ चैत्र १७, सोमबार ०८:५०
[sharethis-inline-buttons]

बाबुराम आचार्य

साच्चै विपदहरुको बेलामा त होनि सप्पैको सम्झना आउने हैन त ? त्यही सम्झना तपार्इहरू कहाँ सम्म पुर्याउने हेतुले यो पत्र कोर्दै छु।
न्वारान सम्म पनि हुननसकेको हाम्रो राज्य प्रदेश नम्बर ५ को अस्थायी राजधानी खसौली हालको (बटौली) बाट जन तन कापी कलम र मोबाइल को साहाराले यो कैरम गर्दै छु।

यताको खबर ठिक छ भन्न मन छ तर मुटुले अस्विकार गरिरहेको छ ।फेरि हिजो दिउँसो को खबरले सारा बटौलिबासी लाई सन्चै छौ भन्ने अधिकार छैन। चैत्र १६ गतेसम्म आइपुग्दा खसौली को कोरोना अस्थायी अस्पतालमा एक होनहार युबाले आफ्नो देहलिला समाप्त गर्नुभएको छ। यत्तिकै त मन ठेगानमा थिएन उसैमा यस्तो समाचारले मनमष्तिष्कमा यात्रा गरेको हुनाले कसरी राम्रो छ भन्नू र खै तै पनि यसै लत्रिएरै भएपनि चलन्जेलको लागि ठिक छ भन्नै प¥यो । सप्पै साना ठुलो खबरहरुको स्रोत थाहा पाउनत मन्त्री वा अध्यक्ष परिएन । तै पनि मैले सुनेका खबरहरु अनुसार तपाइँहरू लाई पनि मलाई जस्तै यो अहिलेको महामारी ले तालतलुवा ओभानो बनाएकै छ रे ।
मेरा वरिपरि र बटौली वरिपरि पाल्पा, परासी एवम् रितले यसरी नै देशैभरी अहिले को खवर संकटै संकटको खबर छ है।बस मेरो कामना यही छ कि यी संकट नेपालीको माझबाट छिटो लोप भै जायोस।
मेरो परिवार मेरो छरछिमेकको खबर यो छकी यहाँ हामी सबै जना एकान्त बासमा नै बसेका छौ र तपाईंहरू पनि त्यसैअनुरूप चल्नुभएको अनुमान छ मेरो।

तर बिडमबना कस्तो छ हेर्नुस् ठुलो दाइले सप्पै लारिहरु मा सामानहरु कोचेर हुलकाहुल पठाएको पठाइ छ। गुरु चेला पनि सङ्गै छन् । तेतिमात्रै कहाँ हुनुनी अझै नेपालमा ससुराली , मावली,फूपू वा जिजाजी भएकोे बताउने हुलका हुलबाधेर आउने जानेको त के कुरा गरौ उफ होनि मलाई त थाहा छ नि१ अस्ति भख्खरै हो तरकारीको बिसादी जाच गर्छु भनेर भन्दामात्रै पनि मेरो कृषि मन्त्री ले आफ्नो पदबाट हात धोइवरी जानुपरेको। अब अहिले का यी हुलहरुलाइ जाचेर आफ्नो पद गुमाउनु मुनासिब हुनै सक्दैन पद रहयो बने मृगौला, कलेजो, फोक्सो सप्पै त फेर्न सकिन्छ नि पदै गुमे के गर्नु ? हो यस्तै त छ खबर। यसै ले त हामी एकान्तमा बसेर पनि शान्त हुन सकेका छैनौ नि। मलाई एस्तो खिन्नता भएको छ कि त्यो खिन्न मनको बह कसरी बिसाउनु ।

वारि र पारी हेराहेर गर्यो न्यास्रो मान्यो बस्यो । असाध्यै मुस्किल हुन थाल्यो यहाँ त तपाईंहरू लाई पनि त यस्तै होला भन्ने अटकल काटेको छु मैले त। हुनत हो हामि त संसारलाई चम्किलो बनाउने अभियानमा छौ भाबनामा डुबेर बहकिएर बाटो पनि त छाडिदिने छैनौं । तर मलाई ती मानिसहरू प्रति दया छ जस्ले आज मानव समाजको र प्रकृतिको दोहन गरेर मैमत्त बनेका कथित सम्भ्रान्तहरु ।

हाम्रो भन्दा तिनको जीवन कति फिक्का छ हेर्नुस् त१प्रकृतिको बितन्डना सङ्गै पैठेजोरी गरिकन अस्तित्वमा आएको मानव समाजको इतिहास भुलेर प्रकृतिको साझा सम्पत्तिमा एकल स्वामित्वको हैकम चलाएर रंगीचंगी जिबन बिताएका ती मानबरुपी दानबहरुको हालत झनै बिग्रेको खबर छ यता तेता के छ कुन्नी हिजो बिस्वब्यापी गरिबहरुको चिहान खन्न हिडेका ती बुलडोजरहरु ले अहिले निराकार दुस्मनको सामना गर्नुपरे को छ । त्यसैले त हिजो अस्ति सम्मका छाडा सांढे झै डुक्रिने शक्ति उन्मादका हुन्कारहरु एकाएक लुलखसेका पानी मरुवा जस्तै निरीह बनेका खबरहरु पनि छन। ढोगी, बिखण्डित र हिस्रकहरु अहिले हाम्रा सामुन्ने लडाइँ हारेका सिपाहीले जस्तै हात खडा गरेका छन। तिनीहरु लाई जति डर हाम्लाइ छैन र पनि अलिकति डर हाम्रा गाउँ शहरलाई पनि छ । त्यो निराकार सत्रु अहिले बिश्वभरी मानिसहरुको समाधी हातमा लिएर यात्रामा निस्केको खबर त तेता पनि छ होलानी हो त्यसैको अलि अलि डर छ।

हाम्रा उपत्यकामा बसेकाहरु को पनि थोरबहुत डर छ किनकी तिनीहरु कठपुतली हुन। यो रुप रङ्गै बिनाको दुस्मनले विश्वमानव सागरमाथी एकोहोरो र अन्धाधुन्ध आक्रमण गरेको छ त्यसको छर्‍राले हामीलाई पनि लागेको छ। हो उसलाई पनि थाहा छ हामी आजिबन मिचिएका र थिचिएका छौ । त्यसैले त विश्वामा छेतबिछेत बानाउदा हजारौं को ज्यान लिदा हामिकहा थोरै मात्र छ । तर डर अबस्य छ। हामी र तपाई सबैजना मिलेर रछ्यातमक प्रतिरोधी अभियानमा सहभागी बनौं । एक्कासि पृथ्वीको एउटा कुनामा टुप्लुक्क आएको यो कोरोनाले अहिले सबैजसो भुभागमा उधुम मच्चाइरहेको छ।परापुर्बकाल देखी देबि, देवान्त र अलौकिक शक्तिबाट सांसार चलाएका छौ भन्नेहरुलाइ एक्काइसौं शताब्दिको भौतिकबादी बिज्ञानले चुनौती दिएको थियो त्यस् बाहेक अरु कसैले धक्का लाउन नसकेका मोठमन्दिर, गिरिजा घर वा अल्ला घरका ठेकेदारहरु भागाभाग भएका छन् । अझै मजाको खबरत यो छ कि धेरै पादरी जन्माउने र इसुले सृष्टि धानेको प्रबचन दिने देशमा बथानका बथान पादरीहरुले चर्चहरु छाड्दै भाग्दै गरेका छन् ।

म आसा गरेको छु हाम्रो भौतिकबादी बिज्ञानले हार्ने छैन। यो बैरी धपाउने हतियार मानव बिज्ञान ले पत्ता लाई छाडने छ। तैपनि हाम्रो खबर यो छ कि तो हतियार पत्तालाउने बेला सम्म बाच्नका लागि अपनाइएका जुक्ति हरु आफैमा कच्चा छन।हाम्रो सरकार निरीह छ र हाम्रा तयारीहरु साबधानीहरु र औसधि मुलो यी सबै कुरा अन्दाजी मा घिसृएका छन् ।हाम्रा शहरा दुखका कथाहरू छन् सानातिना अनुभवहरु पनि छन तै पनि धेरैजसो अनुमानहरु र अटकलहरुमा मात्रै चलेका छौ। मुटुको गति हिजो भन्दा आज र आज भन्दा भोलि बढीरहेको छ।कतार एयरबाट आएका १४ जना मानिसको प्रवेश यही प्रदेश्मा भएको खबर पाए पछि मुटुको चाल नबड्ने कुरै थिएन ।

अझै कोरोनाको आशन्कामा आइसुलेसनमा राखेका ती युबाको लास छुन समेत र उनको जिबन सङ्गिनीलाई सम्हाल्न समेत कोहि नाअएको खबरले हाम्रो मन बिछिप्त भएको छ।क्युबा र भिएतनाममा मात्रै होइन इराक, अफगानिस्तान, सिररिया वा लिबिया मा कत्लेआम गर्ने ती बज्रस्वाठ सैतानहरुको हालत मैले यो पत्रमा लेख्नु पर्दैन ।

हिजो यो कोभिड १९ ले वुहानमा प्रभेष गर्दा कोरोना पार्टी मनाउनेहरु र पस्चिमा को सीता खाएर उसैको गित गाउने कथित नेपाली जो मास्कको बाहिरी भागमा अध्यक्ष कमरेड माओको फोटो हालेर प्रकासन सामाग्री तयार पारेको थियो कहाँ छन तिनीहरु आज ? उदारबाद र नबउदारबादको महामारीले क्षतबिक्षत् बनिसकेको त्यो राज्य मेसिनेरि र मानबिय गुण तथा मनोबल गुमाइ सकेको राजनीतिकले कोरोना नियन्त्रण गर्न सक्ने कुरै थिएन जस्को प्रमाणहो ूचीनिया भाइरसू बाट पछिहट्नु। यिनिहरु र यिनिहरुका कठपुतलीहरुले लामो सोच्न सक्दैन । तेसो भएर हामी पनि हाम्रो सरकारले गर्ला भन्ने नसोचौ। हामी जति सकिन्छ आफै गरौ र गरेका पनि छौ। यतिबेलाका जिबनदाता हुन डाक्टरहरु तर आइस्युलेसनमा राखेका बिरामीहरु भेट्न जादैनन भन्ने समाचार आइरहेको हुदा भित्रिमनले मानिरहेको छैन यही छ यताको खबर।

कोरोना अहिले हाम्रो काल भएर हाम्रै अगाडि ठिङ्ग उभिएको छ तर पनि यस् सङ्ग डराएर सुखै छैन बरु हाम्रो दैनिकजसो का गतिबिधि बदलेर यस् बिरुद्ध संघर्ष गर्नु नै बेस हुने छ। प्रकृतिका बिपत्ति सङ्गै संघर्ष गरि बिजयी बनेका मानबहरु नयाँ सिराबाट उठने छन् । सारा विश्व ब्यवस्था बहुख्यक नागरिकहरुको हातमा सुम्पिने छन् । त्यो अभियान पूरा नहुनजेल हामी बाचिरहने छौ। भनिनछनी दुख खेपेपछी मात्रै सुख देखन पाइन्छरे, हो हामी यो दुख बाट केही कुरा सिकेर सुन्दर भबिस्य निर्माणकार्यमा एउटा इटा थप्ने छौ। कोरोनाले हामीलाई भाबुक बनाएको छ तर हामीले सधै भावुक बनेर भावनामा डुबेर बस्ने छैनौं किनकी हाम्रो यात्रा बिस्वमा अन्तर्राष्ट्रबादलाइ लागु गराउनु छ।

यो संसारलाइ बैज्ञानिक समाजबादले साजसज्जा गर्नु छ। पिडा खेपेर नयाँ जीवन प्रदान गर्ने आमाहरू जस्तै हौ एक्काइसौं सदिका मानबहरु आफुले कयौं हण्डरहरु खाएर पनि पीडा सहेर पनि भाबी मानव पुस्ताका लागि डट्नु छ। त्यसैले सधैका महामारी मा जस्तै यो महामारीमा पनि पुरै मानव समाज पुर्ण ध्व्स्त हुने छैन ।जीवन र मृत्यु सङै लिएर हिडेका छौ। जिबनले मृत्यु माथी बिजय प्राप्त गरेकोले बाचेका छौ अनि जब हाम्रो जिबनमाथी मृत्युले बिजय प्राप्त गर्नेछ हाम्रो समाप्ति निश्चितै छ। त्यसैले मृत्यु देखी नडराउ कोरोना देखी साबधानी अपनाउ र यो पत्र मार्फत कोरोना पीडितहरु प्रती सु–स्वास्थको कामना गर्दछु ।


प्रकाशित : २०७६ चैत्र १७, सोमबार ०८:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech