रेशम थापा र उमा श्रेष्ठको स्वरमा घुमाउन लइजाल्छु बोलको गीत सार्वजनिक (भिडियो सहित)

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।

गायक रेशम थापा र गायिक उमा श्रेष्ठको स्वरमा घुमाउन लइजाल्छु बोलको गीत सार्वजनिक भएको छ । गीत माया प्रितिको भावले ओतप्रोत रहेको छ । काँठे भाकामा गाइएको यो गीतमा जलविरे, बतासे, नुवाकोट, गल्छी, त्रिशुलीको बारेमा चर्चा गरिएको छ ।

काठ क्षेत्रका हस्तीका रुपमा परिचित रेशम थापा र उमा श्रेष्ठको सुमधुर स्वरका कारण गीत धेरै दर्शक तथा श्रोताको रोजाइमा पर्ने गायक थापाको भनाइ रहेको छ । रेशम थापाको लय शब्द रहेको गीतमा मिठु हमाल, सन्तोष आचार्य, बिना कोइराला, सुजन तामाङले अभिनय गरेका छन् ।

गीतलाई लोक चौतारी च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो …….


प्रकाशित : २०७७ भाद्र ५, शुक्रबार १३:५२