पुरुषोत्तम गैरेको दशै गीत गाउँको सम्झना सार्वजनिक ( भिडियो सहित)

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी , कपिलवस्तु ।

लोकप्रिय गायक पुरुषोत्तम गैरेको दशै गीत गाउँको सम्झना बजारमा सार्वजनिक भएको छ । गीतमा प्रदेशीका पिडा र भावनालाई समेटिएको छ । हिन्दु नेपालीहरुको महान् चाड बडा दशै नजिकिदै गर्दा उनले सो गीता बजारमा ल्याएका हुन् । देशमा बढ्दो बेरोजगारी समस्याका बर्षेनी लाखौ युवाहरु बिदेशको रणभुमीमा आफ्नो निजि संवेदना र दायित्यहरु बन्धक राखेर कडा परिश्रम गरिरहेका छन् जसको कारण बर्ष दिनमा आउने दशैमा समेत उनीहरु घर आउँन नपाउँदाका कथा, व्यथाहरु यस गीतमा समेटिकएको छ ।

रोइला गायकका रुपमा परिचित गैरे समय सापेक्ष अनुसारका गीत निकाल्न खप्पिस रहेका छन् । गीतमा पुरुषोत्तम गैेरेको लय शब्द , देव विश्वकर्मा र कमला सुनारको स्वर रहेको छ । स्मृति तिमल्सिनाको निर्देशन,बिनोद बाजुरालीको संगित सम्पादन रहेको गीतमा पुरुषोत्तम गैरे र सानी परियारको जिवन्त अभिनय रहेको छ । गीत अन्यन्त समसामयिक र यथार्थपरक रहेकाले दर्शक श्रोताको मनमा बस्न सफल हुने गायक गैरैको बिश्वास रहेको छ ।

भिडियो…………………


प्रकाशित : २०७७ भाद्र ८, सोमबार ०३:४४