राष्ट्रिय संगीतकर्मी संघ बाँकेद्धारा प्रविण बेडवाल जिताउ अभियान संचालन

लुदअ, कपिलवस्तु ।
नेपाल आईडल सिजन ३ का उत्कृष्ट ३ मा पर्न सफल बर्दियाका युवा प्रविण बेडवाललाई जिताउन राष्ट्रिय संगीतकर्मी संघ बाँकेले अभियान सुरु गरेको छ । संघले बुधबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरेर सो अभियान सुरु गरेको हो ।

भाद्र १२ गते हुने ग्राण्ड फाइलनमा सिजन थ्रीको विजेता बनाउनको लागी भोट गर्न अपिल गर्दै बाकेमा अभीयान सुरु गरेको राष्ट्रिय संगीतकर्मी संघ बाँकेका अध्यक्ष ओम शर्माले बताए । बेडुवाललाई जिताउन बर्दियाका युवाहरुले समेत हातेमालो गरेका छन । संघ अभियानकर्ता रहेको प्रविणलाई भोट गरौ अभियानमा कौशिल्या अस्पताल प्रालि कोहलपुर, भेरिमालिका टेक्निकल कलेज र स्टेप अप डान्स एकेडेमीले सहकार्य गरेका छन् । कार्यक्रममा बोल्दै संघका अध्यक्ष ओम शर्माले मध्यपश्चिम क्षेत्रको युवा सिजन ३ को फाईनलमा पुग्नु गर्वको कुरा भएको बताउदै उनलाई जिताउन अभियान थालेको बताए । कार्यक्रममा बोल्दै बर्दियाका विद्यार्थी नेता रेशम अधिकारीले उनको जित नै पश्चिम क्षेत्रको कला र सँस्कृतिको जित हो भएको बताउदै प्रविनलाई जिताउनको भोटको आवश्यकता रहेको बताए । त्यस्तै उनले बेडुवाल आइडलका प्रमुख दावेदार रहेको समेत बताए ।

सो अवसरमा बोल्ने अन्य वक्ताहरुले समेत सिंगो पश्चिम क्षेत्रको सानको लागि प्रविन बेडवाललाई जिताउन आवश्यक रहेकोमा जोड दिएका छन् । भाद्र १२ गते सम्म भोट गर्न मिल्नेछ । प्रविनलाई भोट गर्नको लागि नेपालभित्र आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एनआई शुन्य नौ टाइप गरी ३७००० मा पठाउन सकिन्छ । यस्तै १६६६६७७०९ मा डायल गरेर समेत भोट गर्न सकिन्छ । नेपाल आइडल सिजन थ्रीको ग्राण्ड फिनाले यही भाद्र १२ गते राति हुनेछ ।प्रविण बेडवाल सज्जा चौलागाई र किरण कुमार भूजेल मध्ये एक जना तेस्रो नेपाल आइडल बन्नेछन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *