ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना परीक्षणका नाममा रातभर हस्पिटलको चौतारामा बास, डाक्टर भन्छन् लक्षण देखिएको छैन

लुम्बिनी दर्पण २०७६ चैत्र १७, सोमबार ११:०२
[sharethis-inline-buttons]

लुदअ काठमाडौं, चैत १७
भारतमा मजदुरी गर्दै आएका तनहुँ, रिसिङ्ग गाउँपालिका–६ निवासी लालबहादुर थापा चैत ८ गते गाउँ फर्किए । घर आएपछि उनी खेतीपातीमै व्यस्त भए । घर आएको तीन दिनपछि उनलाई ज्वरो आयो । मेडिकल पसलमा गएर औषधि ल्याएर खाए । त्यसपछि ज्वरो निको भयो र उनको स्वास्थ्यमा खासै केही समस्या भएन ।

तर भारतबाट आएकै कारण गाउँलेहरुले उनलाई कोरोना संक्रमण चेक गराएर आउन दबाब सिर्जना गर्न थाले । राति ९ बजे रिसिङ्गबाट गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेर थापा, उनका तीन छोरी र श्रीमतीलाई गण्डकी अस्पताल पठाएको रिसिङ्ग गाउँपालिका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले बताए ।

बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्दा हुनेमा अस्पताल पठाएर बिरामीले अनावश्यक दुःख पाएको गण्डकी अस्पतालका निर्देशक डा। अर्जुन आचार्यले बताए । उनले गम्भीर समस्या विना अस्पताल आइरहन नपर्ने पनि बताए ।

गाउँले र स्थानीय तहको अनुरोधलाई स्वीकारेर रातको १२ बजे गण्डकी अस्पताल आईपुगेका लालबहादुर थापाको परिवार रातभर अस्पताल बाहिरको चौतारामा चिसो खाएर बस्न बाध्य भयो । ‘हामीलाई गाउँपालिकाले अस्पताल जा भनेर पठायो तर यहाँ ज्वरोबाहेक केही परीक्षण भएन । इमरजेन्सीमा परीक्षण गर्दा ज्वरो देखिएन,’ लालबहादुरले भने, ‘त्यसपछि भोलि डाक्टरसँग कुरा गरौँला भने हामी पाँचैजना चौतारामा बसिरहेका छौँ ।’
अस्पतालको गार्डले यताउता हिँडहुल गर्न नदिएको बताउँदै उनले परिवार र बालबच्चा भोकै रहेको पनि सुनाए ।

अस्पताल जाँच गराउन आउँदा उल्टो बिरामी पर्ने अवस्था सिर्जना भएको उनीहरुको गुनासो छ । आफूहरु सबैजना यता आउँदा गाउँमा बाख्रापाठाको बिचल्ली भएको चिन्ता पनि उनले सुनाए ।

अस्पतालमा चेकजाँचका लागि आउनेलाई रातभर चौतारामा राखिएकोबारे सोधिएको प्रश्नमा गण्डकी अस्पतालका निर्देशक डा।अर्जुन आचार्य भन्छन्, ‘उहाँमा टेष्ट लिनुपर्ने केही लक्षण नै देखिएको छैन ।

भारतबाट आएको हुँदा गाउँपालिकाले अस्पताल पठाएको होला । तर अहिलेको अवस्थामा लक्षण नै नदेखिएकाहरुलाई परीक्षण गर्न आवश्यक छैन । बरु जहाँको बासिन्दा हुनुहुन्छ, त्यहीँ क्वारेन्टाइनमा राख्ने हो ।’
बिरामीमा देखिएको लक्षण हेरेर मात्र विस्तृत परीक्षण गरिने उनको भनाइ छ । ‘सबैको स्वाव टेष्ट गर्ने अवस्थामा हामी छैनौँ,’ उनले भने, ‘म उहाँहरुको गाउँपालिका प्रमुखसँग कुरा गरेर उहाँलाई गाउँमै क्वारेन्टाइनमा राख्न अनुरोध गर्छु ।’

थापाका परिवारले अस्पताल आएपछि पानीबाहेक केही खान पाएनन् । सरकारको निर्देशनलाई गाउँपालिकाले राम्रोसँग नबुझ्दा थापा परिवारले चौतारामा रात काट्न प(यो ।

विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्नुपर्नेमा गाउँपालिकाले अस्पताल पठाउँदा दुःख पाएको थापाको गुनासो थियो । उनलाई रातभर चौतरा बस्दाको दुःख त छँदै थियो, त्योभन्दा बढी दुःख छिमेकीहरुले बारम्बार फोन गरेर रिपोर्टबारे चासो राखेर दिने गरेका छन् । थापा भन्छन्, ‘यता अस्पतालमा ज्वरो बाहेक केही परीक्षण भएको छैन । के भनेर जवाफ दिने रु’

गाउँपालिका प्रमुख श्रेष्ठलाई सोध्दा केही समन्वय तथा बुझाइमा कमीका कारण केही समस्या भएको बताए । थापा परिवारलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने उनले बताए ।


प्रकाशित : २०७६ चैत्र १७, सोमबार ११:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech