
गुलाम अली कपिलबस्तु, असोज ४
कपिलबस्तु अस्पातालमा दाँतको उपचार सेवा शुरु भएको छ । दाँतको उपचारका यस्का लागि बुटवल भैरहवा जानु पर्ने बाध्यता अन्त्य भएको छ । तौलिहवा सदरमुकाममा सरकारी अस्पातालबाट दाँतको उपचार सम्बन्धी सेवा पहिलो पटक दिन थालीएको हो ।
दाँतको उपचार सेवाको उद्घाटन कपिलबस्तु नगरप्रमुख किरण सिंहले गरेका थिए । अरु ठाँउ भन्दा सस्तो र राम्रो सुबिधा दिने उद्देश्यले कपिलबस्तु अस्पातालको दाँतको उपचार सेवा शुरु भएको नगरप्रमुख सिंले बताए ।
कपिलबस्तु अस्पातालका सुपरिटेन्डेन्ट किशोर बन्जाडेले दाँतको रोगको लागि बाहिर जान पर्ने उद्देश्यले यो सेवा सुचारु गरेको बन्जाडेले बताए । साथै अस्पातालमा अन्य सुबिधा छिटै सञ्चालन गर्ने सुपारिडेन्ट बन्जाडेले बताए ।
दातँको डाक्टर शीवा श्रीवस्तवले कपिलबस्तु अस्पाताल सेवा दिनको लागि आएको बताए । उद्घाटन कार्याक्रममा कपिलबस्तु अस्पातालको कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

