कोरोना बिजेता गायक परियारको अनुभव

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व समुदाय नै त्रसित छ । यसै सन्दर्भमा अर्घाखाँचीका गायक जिवन परियार उपचार पश्चात् यही आइतबार घर फर्किएका छन् । एन्फा आइसोलेशनमा उपचारत परियार पूर्ण रुपमा स्वस्थ्य भएर घर फर्किएका छन् । उनी २१ दिनसम्म आइसोलेशनमा बसेर आइतबार घर फर्किएका हुन् । कन्ट्याक टे«सिङ गर्दा असोज २६ गते सङ्क्रमण देखिएपछि आइसोलेशनमा बसेका परियारलाई कुनै लक्षण देखिएको थिएन ।

परियार भन्छन् म मा कुनै लक्षण देखिएको ल थिएन । साथीलाई पोजेटिभ देखिएपछी कन्ट्याक टे«सिङको आधारमा कोरोना परिक्षण गर्दा अर्को दिन रिपोर्ट आउँदा म पनि कोरोना पोजेटिभ रहेछु । त्यहि दिनदेखि नै म बुटवलको एन्फा आइसोलेशनमा बस्न थाले त्यहाँ हरेक दिन डाक्टर, नर्सहरुले प्रोफेसनल्लि र पर्सनल्ली पनि केयर गर्नुभएको थियो । म एक दमै स्याटिस्फाइ थिएँ । मलाई त्यहाँ केही कमी महसुस भएन । म दिनहुँ योगा र व्यायाम गर्ने गर्दथें जसका कारण शरिरमा स्फर्ति आउँथ्यो । उनी भन्छन् म अव प्लाज्मा थेरापी गर्न चाहन्छु यही कसैलाई प्लाज्माको आवश्यक छ भने मलाई खबर गर्नु होला म सो को लागी तयार छु ।

परियार भन्छन् मेरो पूर्वसावधानीले गर्दा परिवारका सदस्य र अन्य व्यक्तिहरुमा कोरोना सर्न पाएन। अरूलाई फैलन पाएन । अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू मास्क, ग्लोव्स् र चस्मा लगाउनुस् साथै आफुमा आत्मबल बलियो बनाउन सके कोरोनालाई सजिलै जित्न सकिन्छ । सर्जक तथा गायक परियार लामो समय देखी गीत संगितमा आबद्ध रहेका छन् । उनी अहिले राष्ट्रिय संगितकर्मी संघका केन्दिय सचिव समेत रहेका छन् ।


प्रकाशित : २०७७ कार्तिक १९, बुधबार १४:१४