संगीतकर्मी संघ बाँकेका अध्यक्ष ओम शर्माको “ ओ प्रियतम ” बजारमा आउँदै

[sharethis-inline-buttons]

लुदस,कोहलपुर ।

राष्ट्रिय संगीतकर्मी संघ बाँकेका अध्यक्ष तथा गायक ओम शर्माको आधुनिक गिती एल्बम “ओ प्रितम” शुक्रबार बजारमा आउने भएको छ । ओम शर्माको स्वर ,वरिष्ठ गितकार सुमन श्रापितको शब्द र संगीतकार सुनिल सागर को संगीतमा रहेकोे सो गित पाण्डव मिडिया यु्ट्युव च्यानल बाट शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिने गायक शर्माले बताए ।

गितको म्युजिक भिडियोमा टिकटक स्टार रमेश खनाल र पुष्पा रेग्मीको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन नवराज सुवेदीले गरेका छन । सानै उमेर देखी गित संगीतमा रुची राख्ने गायक शर्माको मौलिक लय र शब्दले गितमा थप श्रंगार भरिएको छ । यो गित सुनेर सबैले साथ दिन गायकले आग्रह गरेका छन् ।


प्रकाशित : २०७७ मंसिर ११, बिहीबार १५:०६