फिल्म निर्माता तथा महासचिबको शाहको अगुवाइमा काठमाडौँ प्रहरी प्रमुखलाई सम्मान

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,काठमाण्डौ ।

फिल्म निर्माता तथा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय महासचिब बिक्रम जंग शाहको नेतृत्वमा शुक्रबार काठमाडौँ प्रहरी प्रमुख अशोक सिंह लाई सम्मान बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ । सो कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाह उपाध्यक्ष तथा चर्चित गायक अमृत खाती, महिला उपाध्यक्ष उमा श्रेष्ठ केन्द्रीय सदस्यहरु नायिका तथा मोडेल सिर्जु अधिकारी, रिना थापा मगर आजिबन सदस्य तथा एरेन्जर कमल सौराग बागमती प्रदेशका नि.वर्तमान सचिब तथा जन आवाज मिडिया हब प्रालिका प्रबन्धक निर्देशक नेत्र बहादुर कार्की आजिबन सदस्य रबिन्द्र रिमाल लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष तथा चर्चित गायक अमृत खातीले दोहोरी ब्यबसायीहरुको समस्या र गुनासोलाई काठमाडौँ प्रहरी प्रमुख समक्ष राखेका थिए । केहि क्षेत्रमा दोहोरी साँझ संचालन गर्न दिएको केहि क्षेत्रमा संचालन गर्न नदिएको प्रति ब्यबसायी कलाकारहरुको गुनासो रहेको थियो राज्यले सबै नागरिकहरुलाई समान व्यवहार गर्नुपर्ने ठाउँमा त्यसो नभएको र प्रहरी प्रशासनले पनि त्यस्ता कुरामा ध्यान दिन नसकेको र समान व्यवहार नभएको गुनासो र आफ्नो धारणा राखेका थिए उनिहरुको गुनासो थियो जस्तै ठमेल दरवारमार्ग पुतलीसडक माइतीघर देखि बबरमहल बुद्दनगर सम्म दोहोरी साँझ संचालन भईरहेको छन् तर बानेश्वर कोटेश्वर क्षेत्रमा भने प्रहरीले नै आएर संचालनमा रोक लगएको कलाकार तथा दोहोरी ब्यबसायीहरुको गुनासो रहेको थियो कि कुनै पनि ठाउमा खोल्न दिन भएन खोल्न दिए सुरक्षा मापदण्ड पुरा गरेर सबै क्षेत्रमा सहज रुपमा ब्यबसाय संचालन गर्न दिनु पने ब्यबसायीहरुको आग्रह रहेको थियो त्यसको जबाफमा काठमाडौँ प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंहले अहिलेको जटिल परस्थितिमा हामी सबैले स्वास्थ्य सुरक्षाको सजकता अपनाउनु पर्ने र आफु भर्खरै काठमाडौँ प्रहरी प्रमुख भएर आएको र सबै कुरा जानकारी भैनसकेकाले यस बिषयमा अब केहि दिनमा जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालय सँग छलफल गरेर कसरी सहजीकरण गर्न सकिन्छ भन्ने जानकारी लिने र सर्कुलर जारी गर्ने सबै ब्यबसायीहरुलाई ब्यबसाय गर्नको लागि सुरक्षा मापदण्ड अनुसार ब्यबसाय संचालन गर्न सहयोगीको भूमिका खेल्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । आफुले सबैको जन गुनासो सुन्ने र सबै नागरिक सँग प्रहरी जनताको साझेदारी हुन् भन्ने बाताबरण तयार गर्ने पनि प्रतिबद्दता ब्यक्त गरेका थिए ।

त्यस क्रममा दोहोरी ब्यवसायीहरुको प्रश्न थियो के कोरोना भाइरस कोभिड १९ एक क्षेत्रमा मात्रै लाग्ने होर ठमेल दरवारमार्ग पुतलीसडक बुद्दः नगर क्षेत्रमा नलाग्ने तर बानेश्वर कोटेश्वर क्षेत्रमा लाग्ने हुन्छ र ? कोटेश्वर क्षेत्रमा दोहोरी साझ ब्यबसायीलाई ब्यवसाय संचालन गर्न रोक लगाएको छ त्यसको जवाफमा काठमाडौँ प्रमुख सिंह ले भने अबको केहि दिनमा सबै संग छलफल गरेर सहज बाताबरण बनाउने काम गर्ने छु राम्रो काम गर्नेहरुको लागि आफु सधै नै सहजकर्ताको भूमिका खेल्न तयार रहेको तथा कलाकार तथा दोहोरी ब्यबसायीहरुलाई सधै नै सहयोग गर्ने धारणा ब्यक्त गरेका छन् । सो अवसरमा कुनै पनि प्रहरी कर्मचारीहरुबाट अनाबश्यक दुख दिने खालका व्यवहार भएमा पनि आफुलाई सिधै सम्पर्क गरेमा आवश्यक सहयोग गर्न म तयार रहने प्रतिबद्धता जाहेर गरेका छन् ।


प्रकाशित : २०७७ मंसिर १३, शनिबार १२:५२