बाबुराम आचार्य
समाज चलायमान छ। समाजमा कृयाशिल नागरिकहरु मध्ये केहिले नितान्त निजि कामकाजहरुमा मात्रै सीमित रहेका हुन्छन् । केहि सिमित तर सचेत नागरिकले समाजमा ब्याप्त बेथिति वा साशकदल द्वारा सृजित अचाक्लिका विरुद्धमा आफू सक्दो प्रगतिशील काम गरेका हुन्छन।राजनितिक शक्ति वा पार्टीहरु का न्युनतम सुधार देखि आमूल परिबर्तन सम्मको लक्ष्य लिएका हुन्छन् ।केही डिग्री होलडर वा शैक्षिक ब्यक्तिहरुले एनजिओ आईएनजिओ गठन, संचालन गरेका हुन्छन। कयौं युबा युवतीहरुले क्लब, सास्कृतिक मंच , खेलकुद मंच आदिको गठन तथा संचालन गर्ने गरेका हुन्छन। सामुहिक रुपमा गठन गर्ने र सामुहिक हितका लागि ती सघ सस्थाहरु संचालन गर्ने गरिएको हुन्छ।प्रतेक नागरिकका आ आफ्नै योजना हुन्छन् ।
ब्याक्तिगत तथा सामाजिक र राजनीतिक ज्ञान भएका वा लामो समय देखी प्रगतिशील वा परिबर्तनकारी राजनितीमा कृयाशिल ब्याक्तीहरुले अधिकाम्स समय सामुहिक हित र समाज परिबर्तन को पछ्यमा आफ्नो आबाज उठाइरहेका हुन्छन् ।त्यही सिलसिलामा गत फागुनको गते लामो समय सम्म नेकपा (मसालं) र उसका मोर्चाहरुमा आबद्ध रहेका केही राजनितिक रुपले सचेत पुर्ब नेता तथा कार्यकर्ता हरुको भेला सम्पन्न भयो। त्यो भेलाले रास्ट्रिय जागरण अबियान नामक एउटा सस्था गठन गर्यो र त्यस्ले केही तत्कालिक न्युनतम कामहरू रास्ट्रियता , सिमा अतिक्रमण, एमसिसि जस्ता रास्ट्रघाती कदमहरुको विरुद्धमा आवाज उठाउने बतायो यसरी यो सिङ्गो देश भित्रको सामान्य कार्य थियो । तै पनि मसाल को नेतृत्वले भने यस्लाइ विशेष महत्त्व दिएर बक्तब्य नै निकाल्यो ।आफ्नो प्रमपरा अनुसार त्यो बक्तब्य भन्दा कडा परिपत्र जारी गरे होला नै। त्यस्मा मात्रै सिमित नरहे र प्रस्ठिकरण का नाममा महामन्त्री ले राम प्रकाश पुरिको काधमा बन्दुक राखेर कार्यकर्ता तर्फ निसाना लगाउनु भयो।
देशमा दैनिक जसो यश प्रकारका संघ सस्था गठन हुने सक्रिय हुने वा निष्क्रिय हुने कार्य निरन्तर चलिरहेकै हुन्छ ।यस बाट हतास हुनुपर्ने त्यस्तो कुनै कारण देखिदैन । तैपनि हाम्रो नेतृत्व यसरी हतास देखिनु ले पार्टी भित्र गम्भीर समस्या रहेको कुरा बुझन सहजै सकिन्छ।विभिन्न प्रशिक्षणहरुमा एम बि सिहले बताउने गर्नु हुन्थ्यो ू विभिन्न राजनीतिक शक्ति हरुले हाम्रो चर्को बिरोध गर्नुपर्ने कारण यहि छ कि हामी सङ्ग ठुलो बैचारिक हतियार छ। आज यही प्रश्न पुन बल्झिएको छ कि एम बि सिह ले लगातार प्रस्टीकरण प्रकासित गरि तथानाम गाली गलौज , ूकथित ू सब्दको प्रयोग गर्नु परेको के हाम्रो जागरण अभियानको बिचार देखि पराजित भएर वा डराएर होरु हामी बुझद छौ अहिले उहाँकै गतिविधि हरुले नै उहालाई डराउन दिएका छन।
मोर्चाका नेतालाई सरकारमा पठाउने जुन निर्णय भयो त्यो पनि केबल पि। बि।को निर्णयबाट त्यस पछि असन्तुष्ट बनेका स्थानीय कमिटीहरु नेता कार्यकर्ता हरु आफ्ना मतहरु तल देखी माथी सम्मै राख्न थाले ।तर त्यस्को सुनुवाइ नभए पछि अरु व्यापक रुपमा नेतृत्व प्रती असन्तोषहरु देखा पर्न थाल्यो ।यसै बिचमा पार्टीले महाधिवेशन मा दुई लाइनको संघर्ष संचालन गर्ने निर्णय गर्यो।त्यस् मा भागलिने सबै कार्यकर्ता ले खण्ड ख मा आफ्नो मत प्रकट गरे त्यो सबै नजिक बाट नियाली रहेको हाम्रो नेतृत्वले त्यो खण्ड ख को नेतृत्व लाई कम्जोर बनाउन लाखौं प्रयत्न गर्यो। सत्ता र शक्ति को दुरुपयोग गर्दै मुल नेतृत्व ले खण्ड ख को पछ्यमा खुलेर लागेका नेता कार्यकर्ता लाई एक एक बहाना बनाएर छानी छानी करबाही गर्यो। महाधिवेशन मा गएर त्यो सबै बिसयको तत्काल का लागि प्राबिधिक रुपमा त टुङ्गो लाग्यो तर ब्यबहारत त्यो उचित ब्यबस्थापन गर्न नेतृत्व ले सकेन।आज कयौं बिसय छर्पस्ठ भैरहेका छन् ।
एउटा प्रकासनमा मोहनजिले लेख्नुहुन्छ ू त्यो बेला केन्द्रिय कार्यालय का कयौं मुख्य पदहरुमा अलपमतका साथीहरू नै हुनुहुन्थ्यो पार्टी कार्यालय सचिब, कोशाध्यछ ,एकता समाजका अध्यक्ष , विभिन्न जनबर्गिय संगठनका अध्यक्ष वा महासचिव आदिमा अल्पमत पछ्यका साथिहरु नै हुनुहुन्थ्यो , बैधानिक सप्ताहिक का अध्यक्ष , प्रधान सम्पादक कार्यकारी सम्पादक, युग ज्योति प्रालीका अध्यक्ष र सदस्य हरु आदिमा पनि अल्पमतका साथिहरु हुनुहुन्थ्यो ।हो अब हामी आज यो प्रश्न गर्न बाध्य छौ कि यसरी महत्त्वपूर्ण पदमा जिम्मेवारीमा रहेका कमरेडहरु अहिले किन किनारामा पुर्याइयोरु बिना कुनै गम्भीर गल्ति बिना कुनै कसुर निजहरुलाइ सबै जिम्मेवारी बाट मुक्त गर्नु के बिचार माथिको प्रहार होइन । रुपन्देहीको जिल्ला सम्मेलन रोकेर जिल्ला समितिका चार जना सदस्य हरुलाइ करबाही गरेर त्यस्पछी आफ्नो पछ्यमा जिल्ला समिती बनाएर त्यस्पछी मात्रै जिल्ला सम्मेलन गर्नु के बिचारका आधारमा गरिएको कारबाही होइनरु बिना कसुर कारबाही खानु परेका हामिहरु अहिले पनि जिबितै छौ र हाम्रो कारबाहीको कारण माग गरेका छौ खै त्यो कारण तपाई हरुले दिन सकेको जहासम्म कमरेड सन्तबहादुर जिले निर्बाचनमा पराजित भएको कुरा सगौरब उल्लेख गर्नु भएको छ त्यो बारे पछि अर्को बिसय र प्रस्ङ्ग्मा सबिस्तार उल्लेख गर्नेछु।
यस्तै प्रकारले देश भरिका कयौं कमरेड हरु पुर्ब अल्पमत बिचार समुहमा लाएका कारण बाट कारबाहीमा पारियका छन् र पनि उनिहरुले हिम्मत हारेका छैनन् ।यसरी महामन्त्री को सक्रियतामा गठित ओखरकोट पर्यटन बोर्डले क्रान्तिकारी गतिविधि संचालन गर्ने तर सन्त बहादुर , ससिधर र बाबुराम हरुको जागरण अभियानले क्रान्तिको तङ्गारो बन्ने संभावना हामी देख्दैनौ।हामी तपाइँको क्रान्तिकारी लाइनको समर्थन तर दक्षिणपन्थी लाइनको बिरुद्धमा कृयासिल हुने छौं ।
बिगतमा यसरी अन्याय पुर्ण कारबाहीमा परेका कयौं नेता कार्यकर्ताले हिज भन्दा अहिले पृथक नीति लिएका छन् ।हिज इतिहासमा जो जो नेता कार्यकर्ता हरु कारबाहीमा परे ती सबै पलायन भए, निष्क्रिय भएर पार्टी परित्याग गरे वा राजनिती बाट नै बिमुख हुन पुगे ।आठौ महाधिवेशन वरिपरि कारबाहीमा परेका नेता कार्यकर्ता हरु राजनिती बाट बिमुख, निष्क्रिय , पलायन वा पार्टी परित्याग गर्ने अबस्था सृजना हुनु हुदैन भन्ने कुरालाई मद्द्यनजर राखेरनै हामिले सामुहिक सल्लाहमानै सदस्यीय जागरण अभियान गठन गरेका हौं र हामी देश, बिदेशमा अन्याय पुर्ण कारबाहीको सामना गरिरहे का तमाम नेता कार्यकर्ता लाई धैर्यताका लागि अपिल गरेका छौ।जागरण अभियानको उद्देश्य बारे सम्योजक ले सार्बजनिक गरेको बक्तब्य मा बताइएको छ।
हामी राजनीतिक रुपले सचेत नेता कार्यकर्ता भएको हुनाले नै हाम्रो निचोड यो रहेको छकी सबै कुराको छिनोफानो राजनीति ले नै गर्ने हो।सबै नागरिक राजनीतिक रुपमा सचेत बन्नु पर्दछ भन्ने नै हाम्रो बुझाइ हो त्यसरी राजनीतिक रुपले सचेत बनेका नेता कार्यकर्ता हरु जीवनकाल भरिनै राजनीतिमा सक्रिय भइरहनु पर्छ भन्ने मान्नेता मेरो हो। हामीले बिगतको इतिहास पुनराबृत्ती लाई रोक्ने हिम्मत गरेका छौं ।त्यो नै बर्तमानको हाम्रो कर्तव्य ठानेका छौ। हाम्रो मुल नेतृत्व ले हामीलाई दोषि करार गरेको छ ।
तर हामीलाई बिश्वास छ भबिस्यले हामी माथीको कारबाही गलत थियो भनेर फैसला गर्ने छ।बैचारिक संघर्ष गर्ने महत्त्वपूर्ण ठाउमा रहेका कयौं कमरेड हरुलाइ महामन्त्री वा बहुमतले कारबाही गरेको हो जुनकुरा तथ्य हरु द्वारानै पुस्ठी भैसकेको छ। हाम्रो नेतृत्व यतिमा सिमित छैन र उसले दोसि करार गरेका मानिसहरु पुर्ण रुपमा निष्क्रिय हुन भन्ने चाहाना राख्दछ । आफू द्वारा दोसि करार गरियका ती नेता कार्यकर्ताहरु निष्क्रिय, पलायन , वा पुरै बेखबर रहेकोमा नै आफ्नो पुर्णतया बिजय प्राप्त हुने ठान्दछ जुन कुरा अत्यन्तै निच र निकृस्ठ सामान्ती चिन्तनको उपज बाहेक अरु केही हुनै सक्दैन । तर हामी उहाको त्यो चाहना पूरा हुन दिने छैनौ र मृत्युु पुर्ब प्रगतिशील सामाजिक कार्यको पछ्यमा अझै उत्साही बनेर कृयासिल रहिरहने छौ। हामी फुट्नु, पलायन हुने, निष्क्रिय हुने र समाप्त हुने छैनौं । हामी सामाजिक संघ सस्थाको माध्यम बाट क्रान्तिकारी पार्टी लाई एउटा सुभचिन्तकको हैसियतले गर्न सक्ने र मिल्ने सहयोग पुर्याउने छौ। जुन यश पुर्ब पनि घोषणा गरि सकेका छौ। अहिले दोषी करार गरिएका कामरेड हरुको राजनीतिक कृयासिलता कायम रहनुपर्छ । भन्नेमा नै म दृढ छु। तै पनि बर्तमा यसरी अगाडि बाढीरहेको छ कि पुर्ब रुपन्देहीको मसाल जिल्ला पार्टी का बैकल्पिक सदस्य कमरेड र हालै केन्द्रिय संगठक कर्ताको दर्ज्यानी चिन्हा प्राप्त अर्का एकजना गरि दुई जना कमरेड हरुको उद्घोष सार्बजनिक रुपमा नै आएको छकि अब भैतिक आक्रमण हरु गरौ र लाठी मुङ्ग्रा बर्साउ, त्यसको जिम्मा सामुहिक रुपमा लिने निति बनाउ । यो आह्वान को पार्टी केन्द्रले कतै पनि खंडन गरेको मलाइ जानाकारी प्राप्त भएको छैन यसरी खण्डन नआउनु भनेको पार्टी को स्वीकृत नीति हो भनेर बुझनु पर्नेछ ।हामी यो आसा गर्छौ कि आजको यो युगमा पनि कोहि मान्छे दास सरह कसैको आज्ञा पालना गर्ने छैनन।यो युग बैचारिक मन्थनको युग हो। कुस्ती वा लाट्ठिको युग होइन भन्ने कुरामा सबै कार्यकर्ता सचेत छन् । यश प्रकारको गतिविधि ले नै आम कार्यकर्ताले नेतृत्व लाई चिन्ने मौका समेत प्राप्त भएको छ।
हाम्रो नेतृत्वका गतिविधि हरुले क्रान्तिकारी बिचारधाराको भबिस्यमाथी प्रश्न चिन्ह खडा गरेको छ प्रतेक बक्तब्यमा आफ्नो भन्दा ने।क।पा। को र त्यस् सरकार प्रतिको चिन्ता व्यक्त गरिएको हुन्छ ।उहाँकै शब्द सापटी लिएर भन्नू पर्दा उहाँको त्यो चिन्ताले प्रकारान्तले कस्को सेवा गरेको छ ।
प्रस्ठै छ उहाँ बैचारिक रुपमा डगमगाइ रहनु भएको छ। एकातिर अनुसासन भएन भने हामी नेका वा नेकपा जस्तै हुन्छौ भनेर कार्यकर्ता हरुलाइ त्रसित पार्नु हुन्छ अर्को तर्फ आफुले कुनै प्रकारको अनुसासन मान्नुनपर्ने कुनै अमुक पार्टीको नकारात्मक पछ्यको बिस्तृत चर्चा गरेर आफु ठिक भएको साबित गर्न खोज्ने तरिका नै बेठीक छ। अरुको भन्दा आफ्नो कुरा ठिक छ पनि भन्ने फेरि आफ्नै पार्टी भित्रनै मारामारिको अवस्था रहे जसरी नै बक्तब्य, लेख प्रस्ठिकरण आदि प्रकाशित गर्ने, आफ्नो पछ्यमा वकालत गरिदिने हरुलाइ संरक्षण र अरुको पक्ष लिएर सामाजिक संजालमा आएकालाइ तुरुन्तै प्रस्ठिकरण यो तरिका कुन संगठनात्मक पद्धति भित्रको अनुसासन हो । उहाँका यस प्रकारका गतिविधि ले क्रान्तिकारी भबिस्य अन्धकार हुदैछ।
क्रान्ति को दिप निभ्ने सम्भाबना नै प्रबल बन्दै गएको छ।तै पनि हाम्रो कामना छ त्यहाँ भित्रका कार्यकर्ता हरुले क्रान्तिको दिप निभ्न दिने छैनन् ।यस्तै उहाले एउटा कुनै प्रसङ्ग मा उल्लेख गर्नुभएको छ कि उहाँ मोहन जि ले एउटा दस्तावेज प्राप्त गर्नु भएको छ । यदि त्यो दस्ताबेज उहा स्वयंले बिरोधिलाइ दोषि करार गर्न वा गलत साबित गर्न त्यो दस्ताबेज आफैले तयार पारिएको होइन भने र उहाले भनेजस्तैू त्यो दस्तावेज प्राप्तै गरियोको हो भने पनि त्यो आपत्ति जनक छैन, क्रान्तिकारी नभए पनि तुलनात्मक रुपमा प्रगतिशील त मान्न सकिएला नि अर्को प्रसङ्ग मा उहाँले उल्लेख गर्नुहुन्छ विभिन्न क्लब, अध्यान मन्डल, पुस्तकालय, सास्कृतिक ग्रुप आदिको गठन भएको देखिन्छ ।सामान्यतया यस् प्रकारका सस्थाहरु गठन गर्नुलाई हामिले गलत मान्दैनौं र त्यो पार्टी अनुसासन विरुद्धको कार्य पनि हुदैनू।उहाको यो स्विकार्युक्ती र त्यो दस्ताबेज बनेकै रहेछ भने त्यसको उद्देश्य महान छ। हामी मात्रै होइन पार्टी भित्र र बाहिरका तमाम नेता कार्यकर्ता तथ आम क्रान्तिकारी जनसमुदाय आत्तिनु पर्ने कुनै कारण छैन क्रान्तिकारी बिचारको प्रतिनिधि त्यहाँ भित्र कृयासिल रहेका छन भन्ने प्रमाण का रुपमा त्यो दस्ताबेज लाई लिन सकिन्छ ।
त्यसरी हामी आफ्नो क्रान्तिकारी बिचारमा अडिग रहेउ भने पनि हाम्रो भबिस्या उज्ज्वल छ।आज अनुसासनको ब्याख्या निरपेक्ष ढंगले गरिएको छ यस्तो तरिका को अन्त्य हुनुपर्छ ।नेतृत्व ले एक पछिय ढंगले दोसि करार गरेपनी हामी क्रान्तिका लागि तयार नैरहनु पर्छ ।राजनितीक सचेतना अपनाउनुपर्ने हुन्छ।राजनितीमा महत्त्वपूर्ण पछ्य धैर्यताको हुने हुदा त्यो सम्पुर्ण पछ्यमा आबस्यक रहेको छ। सम्पूर्ण नागरिक हरु समेत राजनितीमा सचेत रहनुपर्ने भएको हुदा नेता कार्यकर्ता अरु उच्च प्रकारले सचेत र कृयासिल हुनुपर्छ भन्ने निस्कर्स नै सहि हुनेछ नकि पलायन । अब हामीलाई पार्टीको ढोकाबन्द गरेपनी हामी पार्टी र क्रान्तिका पछ्यमा निरन्तर लागी रहनु पर्छ ।चाहे मंच, क्लब, अध्यान मण्डलल, सांस्कृतिक अभियान , जनपक्षीय स्वयंसेवक दल किसान मैत्री सन्जाल वा अन्य कैयौं प्रकारका सामुहिक हितका निम्ति खोलिएका सस्थाहरु को माध्यम बाट पनि जनताको पछ्यमा आबाज बुलन्द गर्न सक्ने छौं ।