
लुदस,चन्द्रौटा ।
शिवराज जेसिजद्धारा आज सुपादेउराली मन्दिरलाई पानीको सहज आपुर्तिका लागी ट्याङ्की सहयोग गरिएको छ । मन्दिरमा रहेको शौचालयमा पानी संकलन गर्नको लागि दुई थान प्लाष्टिक ट्याङ्की सहयोग गरेको शिवराज जेसिजका अध्यक्ष बुद्धिसागर सापकोटाले बताए ।
पछिल्लो समय धार्मिक एवम पर्यकिीय स्थलको रुपमा विकास हुदै गएको मन्दिरमा दैनिक रुपमा मानिसहरुको भिडभाड हुने भएपनि शौचालयमा पानी संकलन गर्ने ट्याङ्की नहुँदा फोहोर रहेको थियो । सामाजिक क्षेत्रमा कृयाशिल शिवराज जेसिज बर्ष २०२० का अध्यक्ष बिजय सापकोटा नेतृत्वमा उक्त ट्याङ्की हस्तान्तरण गरिएको हो ।
मन्दिर व्यावस्थापन समितिका उपाध्यक्ष छबिलाल पराजुली र सचिव कपिलदेब खनाललाई ट्याङ्की हस्ताँतरण गरिएको हो । सो ट्यांकी चन्द्रौटाका युवा व्यवसायी , शिवराज जेसिजका संस्थापक कार्यकारी उपाध्यक्ष रामचन्द्र के.सी.(बिराट)द्धारा सहयोग गरिएको जेसिज बर्ष २०२० का अध्यक्ष सापकोटाले बताएका छन् ।

