एम्बुलेन्सले शव बोक्दै, रकम पठाउँदा पनि रामग्रामले किनेन शववहान

[sharethis-inline-buttons]

परासी, २३ बैशाख ः
लुम्बिनी प्रदेश सरकारले शववहानका लागि रकम पठाएपनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले भने अहिलेसम्म खरिद गरेको छैन । जिल्लामा एउटा पनि शववहान छैन । शववहान नभएपछि जिल्ला सदरमुकाममा रहेको रामग्राम नगरपालिकालाई उक्त साधन खरिद गर्न प्रदेश सरकारले १५ लाख रुपैयाँ अनुदानमा पठाएको हो । दोस्रो लहरको कोरोना संक्रमणबाट जिल्लामा हरेक दिनजसो मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गएपनि शववहान खरिदमा चासो नदिएको भन्दै स्थानीयले नगरपालिकाको आलोचना गर्न थालेका छन् । बैशाख पहिलो सातादेखि आज मध्यान्हसम्म जिल्लामा २५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ६ सय बढी पुगेको छ । शव वहान नहुँदा अधिकांश शव पृथ्वीचन्द्र अस्पतालको एम्बुलेन्सले बोक्दै आएको छ ।


प्रकाशित : २०७८ बैशाख २३, बिहीबार ११:३९