
कपिलवस्तु २३ बैशाख
कपिलवसतु अस्पतालमा कोरोना संक्रमितको संख्या बढे पछि भुईमा बसेर उपचार गर्न बाध्य छन । अस्पतालममा रहेका बेडहरुे भरीराउ भए पछि बिरामीहरु भुईमा बसेर उपचार गराउन बाध्य भएका हुन । अस्पतालको ईमरजेन्सी फाटमा रहेको ८ वटै बेड कोरोना संक्रमितले भरिएका छन । यस्तै संक्रमितहरुको संख्या थपिदै गए पछि भूईमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए । ईमरजेन्सी संक्रमितले भरिए पछि आएका अन्य बिरामीलाई भुईमा उपचार गराउन बाध्य भएको उनले बताए ।
८ जना जति नै भूईमा राखेर उपचार गराईरहेको उनले बताए । उता अस्थायी कोरोना अस्पतालमा रहेको २२ बेड नै संक्रमतिले भरिएको छन । अक्सिजन लगाउतका सामागूी तथा स्वास्थ्यकमीको अभावले समेत उपचारमा समस्या आएको छ । उता आईसियुमा भने ८ जना कोरोना बाहेकका अन्य बिरामीहरु राखिएका छन । बिरामीहरु बढी भए पछि एउटै सिलिन्डरबाट दुई जनाको उपचार भइरुेहेको डाक्टर क्षेत्रीले बताए । ‘ सिमित साधान श्रोतथले हामीले बिरामीहरुको सक्दो सेवा गरीरहेको छौ बिरामीको संख्या बढे पछि उपचारमा भने समस्या आएको छ ’ अस्पतालका प्रमुख डाक्टर किशोर बन्जडोले बताए ।
अक्सिजन र औषधी मात्रै चाहिने लक्षण देखिएका संक्रमीत बिरामीहरु राख्ने ठाउँ छैन । यो महामारीमा संक्रमितसंगै मृत्यु दर समेत बढेको प्रति चिन्ता ब्यक्त गर्दै कपिलवस्तुका डाक्टरले ‘ हामी स्वास्थ्यकर्मीहरु हात जोडेर बिन्ती गर्छौ, सम्बन्धित सरोकारवालाहरु केही गर्नुस, राजनीतिक भागबन्डा गर्दै बस्ने समय होइन ’ भन्दै अपील गरेका छन । सामाजिक संजाल फेसमा बुकमा डाक्टर क्षेत्रीले पोस्ट गर्दै सो लेखका छन । आइ सि यु र भेन्टिलेटर त कहाँ हो कहाँ । अब त अति भइसकेको छ झन बेहाल छ बाचियो भने धेरै गरौला नत्र छट्पटाउदै मर्नु को विकल्प छैन ।

