लुदअ कपिलवस्तु, २४ बैशाख
कपिलवस्तुमा आज मात्र कोरोनालाई ४६ जनाले पराजित गरेका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कोरोना निको हुनेको संख्या बढेको छ ।
आज नयाँ ४ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा थप दुई जनाले कोभिड १९ को संक्रमणबाट ज्यान गुमाएका छन ।
जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ३२ पुगेको छ । अहिलेसम्म कपिलवस्तुमा मृत्यु हुनेको संख्या ६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।




















