कपिलवस्तुमा प्रहरीद्धारा अस्पताललाई २९ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु २५ बैशाख
अक्सिनका अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलस्तु प्रहरीले कपिलवस्तुका ३ अस्पताललाई २९ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले ३ पालिकामा रहेका सकारी अस्पताललाई सो हस्तान्तरण गरेका हुन । कपिलवस्तु, चन्द्रौटा र शिवराज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन ।

उनले कपिलस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६ शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई १० र कृष्णनगर नगरपालिका मेयर रजन प्रताप शाहलाई ३ सिलिन्डर प्रदान गरेका थिए । बिभिन्न उद्योग कर कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरिक्षक अधिकारीले बताए । अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भईरहेका बेला आफुहरुले सो कार्य गरेको बताए ।

प्राप्त सिलिन्डर तिनै मेयरले अस्पतालाई दिएका थिए । प्रहरीको यो कदम निकै सराहनीय रहेको दुबै मेयरले प्रतिक्रिया दिएका छन । मेयर सिंहले अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आईरहेका बेला प्रहरीले गरको यो काम निकै राम्रो रहेका बताए । प्रहरी उपरिक्षक अधिकारीले आफुहरुलृ अरु सिलिन्डर समेत संकलन गरी हस्तान्तरण गर्ने बताए ।


प्रकाशित : २०७८ बैशाख २५, शनिबार १४:१४