
कृष्ण पोखरेल
पाल्पा २७ बैशाख
पाल्पामा कोरोना सक्रमण बाट ५१ जनाको मृत्यु भएको छ । कोरोना सक्रमण बाट मृत्यु हुनेमा जिल्लामा सबैभन्दा बढी तानसेन नगरपालिकाका कोरोना सक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिकामा १ हजार ३ सय ११ जना कोरोना सक्रमित भएकोमा २० जना सक्रमितको मृत्यु भएको छ । बगनासकाली गाउँपालिकाका २ सय ५४ जना सक्रमित भएकोमा ७ जनाको मृत्यु भएको छ । रामपुर नगरपालिकामा ३ सय १७ जना सक्रमित भएकोमा ५ जना, पुर्वखोला गाउँपालिकामा ३ सय २४ जना सक्रमित भएकोमा ५ जनाको मृत्यु भएको छ । माथाँगढी गाउँपालिकामा १ सय ६७ जना सक्रमित भएकोमा ४ जनाको मृत्यु भएको छ । तिनाउँ गाउँपालिकामा १ सय १६ जना सक्रमित भएकोमा ३ जनाको मृत्यु भएको छ ।
यसै गरी रम्भा गाउँपालिकामा १ सय ४६ जना सक्रमित भएकोमा २ जना, रिव्दिकोट गाउँपालिका १ सय २३ जना सक्रमित भएकोमा २ जना, र रैनादेवी छहरा गाउँपालिकामा ३ सय ३० जना सक्रमित भएकोमा २ जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिकामा १ सय ३५ जना सक्रमित भएकोमा हाल सम्म कुनै सक्रमितको मृत्यु भएको छैन ।
यसैगरी जिल्लाभित्र ३ हजार २ सय २३ जना सक्रमित भएकोमा ५१ जनाको मृत्यु भएको र २ हजार १ सय ३७ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पंन्थीले बताए । पाल्पा हालसम्म २ हजार १ सय ८८ जना पुरुष र १ हजार ३५ जना महिला कोराना सक्रमित भएका छन ।