संगीतकर्मी संघको अगुवाईमा राहत तथा स्वास्थ्य सामाग्री बितरण

ByLumbini Darpan Online

२७ बैशाख २०७८, सोमबार १६:३० २७ बैशाख २०७८, सोमबार १६:३० २७ बैशाख २०७८, सोमबार १६:३०

लुदस,काठमाण्डौं ।

कलाकर्मीहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघको अगुवाईमा आज गौशाला ,चाबहिल,चक्रपथ रत्नपार्क ,बिर अस्पताल, भद्रकाली, बानेश्वर एयरपोर्ट लगायतका ठाउँहरुमा स्वास्थ्य सामाग्री एवम् खाद्यान्न बितरण गरिएको छ । अहिले बिश्व समुदायनै कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमणबाट ग्रसित भैरहेको बेला छिमेकी राष्ट्र भारत लगायत नेपालमा पनी यसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण गीत संगितलाई पेशा व्यवसाय बनाएर जिविकोपार्जन गर्ने देखी लिएर आम नागरिकहरु समस्यामा परेका छन् ।

यसै बिच राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा विपत व्यवस्थापन समितिका संयोजक बिक्रम जंग शाहको नेतृत्वमा आइतबार देखी राष्ट्रिय सङ्गीतकर्मी संघ ,हामी नेपाली ग्लोवल,नेशनल इ. एन. टी. सेन्टर, बि बि टि एन फाउन्डेशन र गूड टि. भी. को संयुक्त सहकार्यमा जनताको जीवन रक्षाको निम्ति अहोरात्र खटिएका सुरक्षाकर्मी, भोक र अभावले जीवन गुजारी रहेका  गौशाला ,चाबहिल, चक्रपथ रत्नपार्क ,बिर अस्पताल, भद्रकाली, बानेश्वर, एयरपोर्ट लगायतका ठाउँहरुमा करिव १०० जना मानिसहरुलाई सुरक्षा सामाग्री ,पानी र खानेकुराहरु सहयोग गरिएको संयोजक शाहले बताएका छन् ।

यस्तो महामारी अवस्थामा सबै जना सुरक्षित रहन आग्रह गर्दे यदी कसैलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्नको समस्या परेमा आफुहरुलाई सम्पर्क गर्न शाहले अनुरोध समेत गरेका छन् । गत बर्ष पनी राष्ट्रिय संगीतकर्मी संघको अगुवाईमा करिव पाँच हजार जनालाई खाद्यान्न लगायतका राहत सामाग्री बितरण गरिएको राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *