
पाल्पा ।
पाल्पामा निषेधाज्ञाको समय जेठ १५ गतेसम्मको लागि लम्बिएको छ । यसअघिको निर्णय अनुसार जेठ ४ गतेसम्मका लागि निषेधाज्ञा कायम रहेको थियो ।
जिल्ला स्तरीय डिसिसिएमसीको बैठकले उक्त निर्णय गरेको हो । पाल्पामा कोरोना संक्रमण समुदाय स्तरमा फैलदै गएपछि थप कोरोना फैलिन नपाओस् भन्नका लागि निषेधाज्ञाको समयावधि थप गरिएको हो ।

