पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट माग गर्ने निर्णय

[sharethis-inline-buttons]

जेठ ३
पाल्पा । पाल्पामा पनि अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी भएको छ । जिल्ला डिसिसिएमसीको सोमबार बसेको बैठकले अक्सिजन आपूर्तिमा समस्या भएकोले जिल्ला अस्पतालले यसबारे अध्ययन गरि सम्वन्धित निकायमा बजेट माग गर्ने निर्णय गरेको छ ।

बैठकले कोभिड १९ को बिरामी बढिरहेको अवस्थामा बिरामीहरुलाई अक्सिजन आवश्यकता हुने र जिल्लामा अक्सिजन प्लान्ट नहुँदा अक्सिन आपूर्ति गर्न समस्या भएकोले पाल्पा अस्पताललमा अक्सिजन प्लान्ट स्थापना गर्न पाल्पा अस्पतालले बजेट सहित योजना तयार गरि बजेट उपलब्धताका लागि संघीय सरकार र प्रदेश सरकारमा पेश गर्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।

त्यस्तै पाल्पामा गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ । दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातीसम्मका लागि गरिएको थियो । जेठ ३ गते बसेको सिसिएमसीको बैठकले निषेधाज्ञाको म्याद थप गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए


प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार १३:०५