लुदअ कपिलवस्तु, ३ जेठ
कोरोना सङ्क्रमण बढिरहेको यस विषम परिस्थितिमा विजयनगर गाउँपालिकाकाले सक्रियता बढाएको छ । गाउँपालिकाले स्वास्थ्य मापदण्डको पालना गर्ने, कारोबारको अभिलेख राख्ने र अनिवार्यरुपमा मुल्य सूची टाँस गर्ने निर्णय गरेको छ । व्यापारी र स्वास्थ्य क्लिनिक सञ्चालकहरुले खाद्यान्न, औषधी लगायतको समानमा चर्को रकम लिने गरेको जनगुनासाहरु आइरहेको अवस्थामा गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
अहिले कोरोना महामारीको मौकाछोपी कृतिम अभाव देखाएर बढी मुल्यमा कारोबार भईरहेको ग्राहकहरुले गुनासा आउँदै गर्दा कालोबजारी नियन्त्रणमा सहयोग पुग्ने उद्धेश्यले सोमवार गाउँपालिकाको सभाहल खडैचामा गाउँपालिकाभित्रका सबै स्वास्थ्य क्लिनिक व्यापारी, व्यवसायी र उद्योगीहरुसँग सहज, सरल र सुपथ मुल्यमा समान उपलब्ध गराउने सम्बन्धमा छलफल गरिएको हो ।
सबै स्वास्थ्य क्लिनिक र व्यापार व्यवसायको अनुगमनसमेत गर्ने जनाइएको छ । यो महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लागु गरेको स्वास्थ्य मापदण्डहरु पालना गरेर मात्र आफ्ना व्यापार, व्यवसाय सञ्चालन गर्ने र ग्राहकहरुलाई समेत पालना गर्न लगाएर सचेत गराउने निर्णय गरेको छ । व्यापारी, व्यवसायी र उद्योगीहरुले अनिवार्य रुपमा म्याद गुज्रिएका औषधी र समानहरु स्टोर गर्ने लगायतको निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।




















