जेष्ठ ८, पाल्पा
पाल्पामा कोरोनाबाट आज ६ जनाको भएको छ । दुई जनाको मिसन अस्पताल, दुई जनाको लुम्बिनी मेडिकल कलेज साथै तानसेन नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन र प्रादेशिक अस्पताल बुटवलमा एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । मृत्यु हुनेहरु पाल्पाका पाँच र रुपन्देही बुटवलका एक जना रहेका छन् । बगनासकाली गाउँपालिका–६ यम्घाका ५४ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । तानसेन नगरपालिका–५ का ६१ वर्षीय पुरुषको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको छ । त्यस्तै तानसेन नगरपालिका–६ का ६१ वर्षीय पुरुषको पनि मिसन अस्पतालमा मृत्यु भएको छ । तानसेन नगरपालिका–७ काजीपौवाका ६६ वर्षीय पुरुषको तानसेन नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा मृत्यु भएको छ । तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेका अनुसार हाई फ्लोमा अक्सिजन दिँदासमेत सुधार आउन नसकेपछि उपचारका क्रममा उहाँको निधन भएको हो । रैनादेवी छहरा गाउँपालिका–४ अमलावासकी ७२ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए । उहाँका अनुसार थप उपचारका लागि लगेपनि अस्पतालको गेटमै पु¥याउँदा मृत्यु भएको थियो । त्यस्तै बुटवल उपमहानगरपालिका–७ का ४३ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ ।




















