कोरोना संक्रमणबाट कपिलवस्तुमा थप ३ जनाको मृत्यु

[sharethis-inline-buttons]

जेष्ठ ८, कपिलवस्तु
कपिलवस्तुमा कोरोना भाइरस संक्रमणबाट आज तीन जनाको मृत्यु भएकोछ । बुद्धभूमि नगरपालिका–८ का ४२ वर्षीय पुरुष र कपिलवस्तु नगरपालिका– २ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै, यशोधरा गाउँपालिका–४ का ५५ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । उनीहरुको सदरमुकामस्थित तौलिहवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५२ पुगेको छ । कपिलवस्तुमा आज नयाँ ११ जना संक्रमित थपिएर सक्रिय संक्रमित एक हजार ३ सय ८६ पुगेको छ ।


प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार १३:४८