ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

माहामारीमा असाहयको सारथी बन्दै अनेरास्ववियु रुपन्देही

लुम्बिनी दर्पण २०७८ जेष्ठ १६, आईतवार ०७:३१
[sharethis-inline-buttons]

जेठ १६,देवदह ।

रुपन्देहीको देवदह नगरपालिका– १,विर्ता निवासी केशव अग्रहरीको कोरोना संक्रमणका कारण भिम अस्पताल भैरहवामा उपचारकै क्रममा निधन भयो । कोरोना संक्रमणका कारण निधन भएकाले उनको शव छुन आफन्त र छिमेकीहरु डराए पछि उनको शव व्यवस्थापन गर्न अनेरास्ववियूका विद्यार्थीहरुले सहयोग गरे । सुरक्षा मापदण्ड अपनाएर उनीहरुले मृतक अग्रहरीको शव अस्पतालबाट निकाली परिवारको उपस्थितीमा दाहसंस्कार गराए ।
त्यसै गरी रुपन्देहीको देवदह नगरपालिका–६,सरनबारीका भिम सिंजालीको केही दिन ज्वरो आए पछि जेठ १५ गते निधन भयो । कोरोनासँग मिल्दो–जुल्दो लक्ष्यण देखिए पछि गाउँलेहरु उनको शव नजिक जान डराए । अनेरास्वियुका विद्यार्थीहरुले जानकारी पाए पछि परिवारको रोहवरमा कालिका सामुदायिक वनका अध्यक्ष समेत रहेका सिँजालीको शव व्यवस्थापन गरे ।
कोरोनाको दोश्रो लहर शूरु भए पछि अनेरास्ववियुले रुपन्देहीको निर्वाचन क्षेत्र नं –१ लाई लक्ष्यित गरि सामाजिक अभियान सञ्चालन गरेको छ । गाउँ–गाउँमा पुगेर स्थानीयवासीको स्वास्थ्य अवस्थाको जानकारी लिने, शंकास्पद विरामी भेटिएमा पिसिआर चेक गर्न लैजाने, उपचारका लागि अस्पताल पु¥याउने जस्ता कामहरु सँगठनले गर्दै आएको छ ।
अनेरास्ववियुका जिल्ला सदस्य अर्जुन गैरे कोरोना संक्रमणका कारण कोही कसैलाई अप्ठ्यारो नपारोस भनेर आफुहरुले अभियान सञ्चालन गरेको बताउँछन् । उनी भन्छन्– हालसम्म सयौं विरामीलाई उद्धार गरेका छौं । अस्पताल लैजाने,अक्सीजनको व्यवस्थापन गर्ने र कारणवश विरामीको निधन भएमा शवको दाहसंस्कारमा समेत सहयोग गरेको गैरेले बताए ।
कसैलाई कोरोना संक्रमण भएको पाईएमा ईष्टमित्र र आफन्तहरु नजिक नजाने,राहत र उद्यारमा नजुट्ने भए पछि अनेरास्ववियुले अभियान सञ्चालन गरेको थियो । संक्रमित हुदैमा वा संक्रमणको लक्ष्यण देखिदैमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ सञ्चालित अभियानबाट संगठनले दैनिक १५–२० जना विरामीलाई उद्धार गरिरहेको छ । क्षेत्रका विभिन्न ठाउँबाट दैनिक फोन आउने र आफुहरु टोल–टोलमा पुगेर सेवा दिने गरेको सँगठनका नेता प्रविण गौडेलले बताए ।
विरामीको संख्यामा वृद्धि,एम्वुलेन्सको अभावलाई टार्न साधारण गाडीलाई एम्वुलेन्सको रुपमा सञ्चालन गरेको संगठनका जिल्ला सदस्य नविन गैरे बताउँछन् । उनी भन्छन्, आवश्यकता अनुसार अक्सीजनको सिलिन्डर वोकेर विरामी लिन घरसम्म पुग्ने गरेका छौं ।
अनेरास्ववियुले चलाएको अभियानबाट स्थानीयवासीले राम्रो सेवा प्राप्त गरेको देवदह नगरपालिका – ८ का वडा अध्यक्ष डण्डपानी भट्टराईले बताउँछन् । वडा अध्यक्ष भट्टराई भन्छन्– स्थानीय तह,स्वास्थ्य संस्था र जन प्रतिनिधीहरु समन्वयमा विद्यार्थीहरुले चलाएको अभियानबाट सर्वसाधारणलाई राम्रो सेवा पुगेको छ ।
खास गरि असाहय र गरिव परिवारलाई लक्ष्यीत गरि चलाईएको अभियानले निमुखा जनताको हित गरेको देवदह मावि का व्यवस्थापन समितिका अध्यक्ष जगनाथ अधिकारी बताउँछन् । त्यसका लागि हैसियत हुनेले आर्थिक सहयोग गरेको समेत उनले बताए ।

अनेरास्ववियुले विरामीलाई अस्पताल तथा पिसिआर गर्न लैजान, उपचारका क्रममा बचाउन नसकिएका विरामीको शव व्यवस्थापन गर्न २ वटा सवारीका साधन सञ्चालनमा ल्याएको छ । संगठनका सदस्यहरुको टोली निर्माण गरी प्रत्येक दिन भिन्न–भिन्न व्यक्तिलाई संयोजकको जिम्मेवारी तोकेर सामाजिक अभियानलाई तिव्रता दिएको सँगठनका नेता कृष्ण पौडेलले बताए ।
पौडेल भन्छन्,नेकपा एमालेको सहयोगमा संगठनले क्षेत्र भरी नै अभियान सञ्चालन गरेको छ । विभिन्न सहयोगी र चन्दादाताको आर्थिक सहयोगबाट आफुहरु सामाजिक अभियानमा कृयाशिल रहेको उनले बताए । संगठनका सदस्यहरु नितान्त सामाजिक दायित्व पुरा गर्न सामाजिक अभियानमा लागेको बताउँदै पौडेलले यस अभियानलाई सवैको साथ र सहयोगबाट प्रभावकारी बनाउन सकिनेमा जोड दिन्छन् ।


प्रकाशित : २०७८ जेष्ठ १६, आईतवार ०७:३१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech