लुदस,पोखरा ।
आजको सहकारी उत्पादन र जिबन रक्षाका लागि साझेदारी,रगतको बिकल्प रगत नै हो ,जीवन रक्षाका लागी भन्ने मुल नाराका साथ कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण अक्सिजन मात्र होईन रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाब हुन नदिन को अपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरले रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा यहि जेठ १९ गते बुधबारका दिन बिहान ७.३० बजेदेखि आकस्मिक घुम्ती रक्तदान कार्यक्रम आयोजना गरिएको को अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स)का अध्यक्ष डिल्लीराम बरालले बताएका छन् ।

स्थानीय सहकारी संघ संस्था, टोल र समुहको समन्वयमा बिरौटा ,महतगौडा ,दोबिल्ला, भरतपोखरी, तालचोक, गगनगौडा ,बुढिबजार, अमरसिंहचोक र पृथ्वीचोक, महेन्द्रपुल, बगर र लामाचौर लगायत अन्य ठाउँबाट समेत गरेर फरक फरक समयमा दिनभर हुने भएकोले सो पुनित कार्यमा साझेदार बन्न ईच्छा जाहेर गर्ने संघ संस्था तथा सहकारीलाई सहकार्य गरी यस विषम परिस्थितिमा मानबताको लागि हातेमालो गरौ संकटासन्न अबस्थामा रहेका मानिसको जीवन रक्षाका लागि हातेमालो गरि रक्तदान गरि सहयोग गर्न अध्यक्ष बरालले सबैमा अनुरोध समेत गरेका छन् ।




















