
सियारी ,जेष्ठ २३
रुपन्देहीको सियारी गाउपालिकामा जेष्ठ २५ गते गाउपालिकाका विभिन्न ठाउमा कोभिड विरुद्ध खोप संचालन हुने भएको छ।६२ देखि ६४ बर्ष उमेर भएकालाई कोभिड विरुद्धको खोप लगाइने गाउपालिका स्वास्थ्य प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिनुभयो ।नागरिकता वा उमेर समुह खुल्ने सरकारी प्रमाणपत्र लिएर आ आफ्नो पायक पर्ने ठाउमा गएर अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाउन गाउपालिकाले अनुरोध गरेको छ।
खोप अभियान कार्यक्रम अन्तरगत सियारी गाउपालिका वडा नम्बर १ का लागि सोही वडा स्थित
चिलिया स्वास्थ्यचौकीमा खोप कार्यक्रम संचालन गरिनेछ।त्यसै गरी सियारी वडा नम्बर २ र ३ का जनताका लागि वाड नम्बर २ स्थित मैनहिया स्वास्थ्य चौकिको नया भवनमा खोप संचालन हुनेछ।
सियारी वडा नम्बर ४ र ५ का लागि वडा नम्बर ४ स्थित छपिया स्वास्थ्य चौकीमा खोप कार्यक्रम संचालन हुनेछ ।त्यसै गरी वडा नम्बर ६ र ७ का लागि वडा नम्बर ७ पश्चिम् अमवा स्थित अमवा स्वास्थ्यचौकीमा खोप संचालन गरीने छ।खोप कार्यक्रम विहान १० बजेदेखि साझ ५ बजेसम्म हुने स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले बताउनु भयो ।
कोभिड विरुद्धको खोप अभियानलाई सफल पार्न सम्पुर्णले आ आफ्नो क्षेत्रबाट सक्रिय रुपमा सहयोग गर्न सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले आग्रह गर्नुभएको छ।


प्रकाशित : २०७८ जेष्ठ २३, आईतवार १२:३६