बाँकेमा दाङका एक जनासहित ३ कोरोना संक्रमितको मृत्यु

बाँके, जेठ २५।
बाँकेमा उपचाररत दाङका एक जनासहित ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको जिल्लाका कोभिड १९ फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसारमृत्यु हुनेमा दाङ लमही नगरपालिका वडा नम्बर ८का ६३ वर्षिय पुरुष रहेका छन् । अन्य दुई जना भने बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ४ का ६१ वर्षीय पुरुष र बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ का ६५ वर्षीय पुरुष रहेका छन्।यससँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट गएका ३२१ जना र जिल्लाकै ३०३ जनाको मृत्यु भएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *