ताजा अपडेट

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रूकुम जिल्लालाई प्राथमिकतामा राखेका छौं मन्त्री श्रेष्ठ

लुम्बिनी दर्पण २०७८ जेष्ठ २५, मंगलवार १०:४५
[sharethis-inline-buttons]

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आफुले कार्यभार सम्हालेको एक महिनामा आफ्नो कार्य क्षेत्रमा पर्ने बाह्र वटै जिल्लाका अस्पतालहरूको अनुगमन, निरिक्षण तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भएका छन । पछिल्लो पटक मन्त्री श्रेष्ठले प्रदेशको एकमात्र हिमाली जिल्ला रूकुम पूर्वका अस्पतालहरूको स्थलगत अनुगमन, निरिक्षण तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भएर प्रदेश मुकाम बुटवल फर्किएका छन ।

मन्त्री श्रेष्ठले काँक्री स्वास्थ्य चौकीमा भुमे गाउँपालीकाले सञ्चालन गरेको कोभिड १९ अस्थायी अस्पताल र रूकुमकोटमा अवस्थित रूकुम पूर्व अस्पतालमा कोभिड १९ नियन्त्रणमा के कस्ता गतिविधि चालिएका छन र बिरामीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएर पश्चात् जिल्ला प्रशासन कार्यालयमा आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक सम्पन्न भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा मन्त्री श्रेष्ठले प्रदेश सरकारले अब ल्याउने बजेट कोभिड केन्द्रित हुने बताए । सहभागीहरूले प्रदेशको हिमाली जिल्लामा सरकारको नजर नपुगेको हो कि भन्ने प्रश्नमा उनले भने (ु हाम्रो नजर परेको छ, कुनै संका गर्नु पर्दैन । हामीले रूकुम जिल्ला दुर्गममा छ भनेर पहिलो प्राथमिकतामा राखेका छौं ।ु उनले यो समयमा स्वास्थ्य क्षेत्रमा धेरै चुनौती रहेको बताउँदै यो समय स्वास्थ्य क्षेत्रमा स्रोत जुटाउने आवसर पनि रहेको बताए । संघिय सरकारे बजेट बढायो प्रदेश सरकारले पनि बढाउने बताउँदै स्थानीय सरकारले पनि स्वास्थ्य क्षेत्रमा बजेट बढाउन मन्त्री श्रेष्ठले अनुरोध गरे । ुस्वास्थ्य समस्यालाई लिएर निराश मात्रै हुने होइन मनोबैज्ञानिक रुपमा बलियो भएर अगाडि बढ्न सके बिपत्तिको सामना गर्न सकिन्छ ।ु उनले भने । मन्त्री श्रेष्ठले अस्पतालमा के के के अवश्यकता छ त्यसको प्रस्ताव मन्त्रालयमा पेश गर्न अनुरोध गरे । उनले कोभिड नियन्त्रणमा प्रभावकारी देखिएको भ्याक्सिन प्राथमिकताको आधारमा लगाउँदै जाने बताए ।

प्रदेश सभा सदस्य आशा श्वर्णकार र खड्ग के सि को उपस्थितिमा प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा सम्पन्न बैठकमा राईले विशेषगरी रूकुम पूर्व जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयनमा चालेका गतिविधिको बारेमा जानकारी दिदै जिल्लामा समन्वय, सहकार्य र सहअस्तित्वको भावनामा अगाडि बढेको बताए ।

रूकुम पुर्व अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेश चौधरीले देशको कान्छो जिल्ला रूकुम पूर्वमा रहेको रूकुम अस्पताल पहिले प्राथमिक स्वास्थ्य केन्द्र रहेकोमा अहिले उहीँ संरचनामा कार्यसम्पादन गर्नुपर्दा भौतिक संरचना कमजोर रहेकोमा भवन निर्माणको लागि डिपिआर तयार भएको बताउँदै उनले अहिले प्रसुती गृह र शव वाहनको आवश्यकता रहेको बताए । उनले स्वास्थ्यकर्मीले अहिलेसम्म जोखिम भत्ता नपाउँदा मनोबल बढाउन गाह्रो भएको बताए । स्वास्थ्य कार्यालय रूकुम पूर्वका प्रमुख गौरव ढकालले जिल्लाको कोरोनाको अवस्थाबारे बताउँदै आफ्नो कार्यालयको समन्वयन भएका गतिविधिको बारेमा जानकारी गराए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर रोशनलाल चौधरीले रूकुम पूर्व जिल्लामा नेपाल सरकारले विभिन्न शिर्षकमा छुटयाएको बजेट बारे बताउँदै अस्पतालहरुको सुदृढीकरण गर्न तथा जनताको स्वास्थ्य उपचारार्थ सबैले सहयोग गर्न अनुरोध गरे । उनले मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावि योजनाहरुको बारेमा जानकारी दिए । बैठकमा सिस्ने गाउँपालिका प्रमुख कुमारी बराल गौतम, समाजसेवी खेममान खड्का, सुरक्षा निकायका प्रमुख लगायतले आआफ्नो धारणा राखेका थिए ।


प्रकाशित : २०७८ जेष्ठ २५, मंगलवार १०:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

भर्खरै

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech