रुपन्देहीको देवदह नगरपालिकामा प्रदेशस्तरीय स्वास्थ्य तालिम केन्द्र बन्ने ।।

ByLumbini Darpan Online

४ असार २०७८, शुक्रबार १२:३१ ४ असार २०७८, शुक्रबार १२:३१ ४ असार २०७८, शुक्रबार १२:३१

रुपन्देहीको देवदह नगरपालिकामा प्रदेशस्तरीय स्वास्थ्य तालिम केन्द्र बन्ने भएको छ । लुम्विनी प्रदेश सरकारले देवदहमा प्रदेशस्तरीय स्वास्थ्य तालिम बनाउने गरी योजना अगाडि सारेको छ । देवदह नगरपालिका–५, पानवारीमा रहेको प्राविधिक कलेजको लागि निर्माणाधीन भवनमा स्वास्थ्य तालिम केन्द्र सञ्चालन गर्ने गरी प्रदेश सरकार अगाडि बढिरहेको छ । प्राविधिक कलेजको जग्गामा अन्य भवन निर्माण गरी लुम्विनी प्रदेशमा हुने स्वास्थ्य तालिम देवदहमा संचालन गर्ने योजना अगाडि सारिएको प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । स्वास्थ्य तालिम केन्द्र भवन निर्माणको लागि लुम्विनी प्रदेश सरकारले करिव ४ करोड बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । भवन निर्माण पश्चात लुम्विनी प्रदेशमा हुने स्वास्थ्य सम्वन्धी सम्पूर्ण तालिम देवदह हुने सांसद न्यौपानेले बताउनुभयो । आर्थिक बर्ष २०७९ देखि स्वास्थ्य तालिम केन्द्रको लागि चाहिने आवश्यक भौतिक पुर्वाधार निर्माण गर्नको लागि करिव ४ करोड विनियोजन गरिएको उहाँले बताउनु भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *