सरकारले विदेश भ्रमणमा जानेहरुका लागि पिसिआर परीक्षण गर्दा २२ निजी अस्पतालको रिपोर्ट मान्यहुने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । मन्त्रालयकाअनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् । यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो ।




















