पाल्पाको रामपुर नगरपालिका वाड नम्वर २लाई पुर्ण सुत्केरी वडा घोषणा गरिएको छ ।नगरपालिकामै पहिलो पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको हो । रामपुर नगरपालिकाको वडा नम्बर २ मा १९२५ कुल संख्या रहेकोमा विगत २ आर्थिक वर्षमा ६९ जना सुत्केरी भएका भध्ये घरमा ५ जना सुत्केरी भएका हुन भने २० वर्ष माथिका ९ जना,२० देखि ३० वर्ष उमेरसम्मका ५१ जना र ३० वर्ष भन्दा माथिका ९ जना गरी रहेको स्वास्थ्य शाखा रामपुरले जानकारी दिएको छ । वडा भित्रका ७८प्रतिशतले मापदण्ड अनुसार ४ पटक गर्भ परीक्षण गराएका छन् । वडामा १ जनाले भने एक पटकपनि गर्भ जाँच नगराएको र सुत्केरी हुन पनि स्वास्थ्य संस्थामा नगएको शाखाले जनाएको छ । सबैलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका लागि वडाले गर्भवती महिलालाई आइरन चक्की र एक क्यारेट अन्डा समेत दिएको वडा अध्यक्ष तारा बहादुर थापाले बताउनुभएको हो ।वडा नं. २मा आजै बर्थिङ सेन्टरको उद्घाटनसमेत भएको छ ।




















