लुम्बिनीसहित आगामी साता देशभर वर्षा हुने सम्भावना

[sharethis-inline-buttons]

काठमाडौं , साउन २८

लुम्बिनीसहित आगामी साता देशभर मनसुन सक्रिय हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको हो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

“अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । ” विभागका मौसमविद् समिर श्रेष्ठले भने, । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक(फरक दिन फरक स्थानमा हुने औँल्याएको पनि उनले बताए ।


प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ०९:३३