ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राजमार्गमा खल्डाखुल्डीले चालकलाई सास्ती

लुम्बिनी दर्पण २०७८ भाद्र १८, शुक्रबार १२:५९
[sharethis-inline-buttons]

सप्तरी ,भदौँ १८

सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको बताइएको छ । गहिरो खाल्डोले दैनिक केही न केही ठाउँमा सवारी दुर्घटना हुने गरेको देखिन्छ । निरन्तरको वर्षाले राजमार्गका कालोपत्र समेत भत्किएको छ । बर्सेनि टालटुलका भरमा चल्दै आएको राजमार्ग हरेक वर्ष वर्षाका समयमा गहिरो खाडल बन्दा सडकमा सवारी चलाउन समस्या हुने गरेको चालक बताउँछन् ।

राजमार्गमा खाडल भएकै कारण साना साना गाडी चलाउन समेत समस्या भएको छ । वर्षाले कञ्‍चनरुप नगरपालिकास्थित बरमझीया, हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं ३ पोर्ताहा तथा वडा नं १ भारदहमा पक्की सडक विभिन्न ठाउँमा भत्किएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिकाको पोर्ताहा बजरङ्गबली मन्दिरदेखि बजार चोकसम्म करिब पाँच÷छ स्थानबीच सडक नै भासिएर भत्किएका छन् । उक्त ठाउँमा करिब दुई फिट गहिरो खाल्टो बनेको सडकमा दैनिक रातिका समयमा चल्ने सवारीसाधन दुर्घटना हुने गरेको छ । छ÷सात महिना सो ठाउँमा सडक मर्मतसम्भार गरे पनि कमजोर वा गुणस्तरहीन कार्य गर्नाले वर्ष नलाग्दै पुनः भत्किएको जनगुनासो छ ।

भारदह बजारस्थित रहेको शहीद चोकको गोलम्बरदेखि पूर्वपट्टि भागमा सडक भत्किएर ठाउँठाउँमा खाल्डो परेको छ । सो राजमार्गमा जाने सवारीसाधनलाई मोडन घुमाउन अप्ठ्यारो हुने गरेको ट्रक चालक किरपानन्द यादवले बताए ।

उनले भने, “पश्चिमबाट पूर्व जाने भारदह बजारमा ठूलो खाल्डो नपुरेका कारण दुई महिनादेखि एकतर्फबाट सवारी सञ्चालन भइरहेको छ । बजार क्षेत्रमा सवारीसाधनका लागि दुईतर्फ बनाइएको सडकमध्ये एकतर्फमा जीर्ण सडक भएका कारण अहिले ठूलो खाल्डो बनेको छ ।”

सो ठाउँमा एकतर्फबाट मात्र सवारी चलिरहेका कारण झन सवारी दुर्घटनाको जोखिम रहेको ट्रक चालक यादवको भनाइ छ । उक्त ठाउँमा माटोसमेत नदिएको खाल्डोमा पानी जमेपछि सो सडक भएर जाने गाडी पल्टीने गरेको स्थानीयवासीले जनाएको छ ।

यस्तै अवस्था छ– जिल्लाको बरमझिया सडकको । विभिन्न नाका भन्सारबाट समान लोड गरेर ट्रकमा ल्याउन समस्या भइरहेको ट्रक चालक हरि मण्डलले गुनासो गरे । उनले भने, “महत्वपूर्ण समान ट्रकमा हामी ल्याउँछौँ खाल्डाखुल्डी रहेको सडक निरपुग्दा दुर्घटनामा पर्न सकिन्छ कि डर हुन्छ ।” कतिपय मोटरसाइकल चालक त खाल्डोमै लड्ने गरेका छन्, कतिपयले खाल्डो छल्न खोज्दा अर्को गाडीमा ठोक्किन आइपुग्छन्”, उनले भने, “खाल्डोले टायरमा कट लाग्ने र दुर्घटनाको जोखिम भने उत्तिकै छ ।”

कञ्चनपुरदेखि भारदहसम्मको बाटोमा वर्षाले जीर्ण सडकमा ठूला खाल्डा भएकाले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको चालकको गुनासो छ । राजमार्गमा खाल्डैखाल्डा बने पनि सम्बन्धित निकायले चासो नदिएको चालक र बसका यात्रुले गुनासो गरेका छन् । भत्किएको सडकमा दुर्घटनासँगै टायर कट लाग्ने, पट्टा भाँचिनेजस्ता समस्या रहेको जनाइएको छ ।

खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारीसाधन दुर्घटनामा पर्नेक्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ । असार अन्तिमदेखि भइरहेको लगातार वर्षाका कारण पूर्व–पश्चिम राजमार्गका अधिकांश स्थानमा खाल्डो परेको र तीव्र गतिमा चलाइएका सवारी खाल्डोमा परेर गम्भीर किसिमको दुर्घटना हुने खतरा बढेको ट्राफिक प्रहरीको भनाइ ।

त्यस्ता ठाउँमा रात्रिकालीन सवारीसाधन दुर्घटना हुने बढी जोखिम रहेको भन्दै सडकको पुनः निर्माणमा ढिलाइ देखिएको भारदह निवासी बुदुर रामले गुनासो गरे । पूर्व–पश्चिम राजमार्ग पुरानो भइसकेकाले पानी परिरहेका समयमा सवारी गुड्दा कालोपत्र उप्किने समस्या बढ्दै गएको उनले बताए । पचास वर्षअघि राजमार्गमा बनाइएका पक्की पुलसमेत जीर्ण भएर पुलमासमेत ठुल्ठूला खाडल बनेको पाइएको छ ।

त्यस्तै जिल्लाको अन्य ठाउँमा मुख्य राजमार्गमा जीर्ण सडक भएको र ती सडक समयमा मर्मत नहुँदा झन् समस्या गाडी चलाउन समस्या भइरहेको चालक बताउँछन् ।स्रोत रासस


प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार १२:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

गृहमन्त्रीका कारण ‘भिजिट भिसा’ले नघायो चार करोड

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech