मोहन बेल्वासे/
पछिल्लो समय पिङ संस्कृति हराईरहेको बेला कपिलवस्तुको बाणगंगा ६ का युवाहरु लिंगे पिङ सँगै पार्क निर्माणमा जुटेका छन् ।

विदेश र पठाईका शिलशिलामा गाउँबाहिर गएका युवाहरु दशैका बेला गाउँ फर्किएपछी गाउँघर रमाईलो बन्दै गएको छ । यतिवेला बाणगगंगा ६ भग्लापुर र आसपासका युवाहरु सामाजिक कार्य अर्थात पार्क संगै हराउदै गएको मौलिकता जोगाउनमा तल्लिन छन् ।
घट्स्थापना सँगै लिंगे पिङ निर्माण र भग्लापुर नदि साईडमा रिभरसाईड पार्क स्थापना मा युवा कम्मर कसेर लागेका छन् । त्यहाँ लिंगे पिङको स्थापनाले दशैको रौनक थपेको छ । युवा बालवालिका मात्र होईन बुढापाकाले पनी लामो समयपछी पिङको आनन्द लिएका हुन् ।

वर्षमा एकपटक पिङ खेल्नुपर्छ भन्ने भनाइ छ । गाउँमात्रै होइन, सहरमा समेत दसैं-तिहारमा पिङ खेलेर रमाइरहेका त्यत्तिकै देखिन्छन् । सबै उमेर समूहकाले पिङ खेल्न रहर गर्छन् ।
त्यसमध्ये केटाकेटा पिङ खेल्न बढी रहर गर्छन् । वर्षमा एकपटक भुँइ छाड्नुपर्छ भन्ने मान्यताले पिङको महत्व बढेको हो ।
विशेषतः दसैं-तिहारमा पिङ खेलेर मनोरञ्जन लिने नेपालीको मान्यता नयाँ होइन । पिङ हाल्नु, खेल्नु, मनोरञ्जन गर्नु, आपसी सद्भाव साट्नुको आनन्द अरूसँग तुलना गर्न सकिँदैन ।

विशेषतः फूलपातीदेखि भाइटीकासम्म पिङ खेल्ने चलन मुलुकभरि चलेकै छ । दसैं-तिहारताका सबैलाई पायक पर्ने ठाउँमा पिङ हाल्ने प्रचलन पुरानै हो । रामायण, श्रीकृष्णचरित्र एवम् महाभारतमा समेत राम एवम् कृष्णले झुला वा पिङ खेलेका थुप्रै प्रसंग उल्लेख छन् ।

लिंगेपिङ
दसैंमा हालिएको पिङ तिहारसम्म देख्न सकिन्छ । पिङलाई मनोरञ्जनका साधनका रूपमा लिन सकिन्छ । पिङ धेरैखालका हुन्छन् । त्यसमध्ये लिंगेपिङ प्रसिद्ध छ । अन्यको तुलनामा लिंगेपिङ तयार पार्न सजिलो हुन्छ । चार बाँसका लिंगो गाडेर बाबियोको डोरी झुन्ड्याएर बनाइएको पिङलाई लिंगेपिङ भनिन्छ ।

दशैंका समय एकै पटक भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यता रहेको छ । यसको अर्थ धर्ती छोडेर पिङमा मच्चिँदै आनन्दानुभूति लिनु हो । यही विश्वासले पनि दशैंसँग जोडिएर आउने पिङको महत्व बढी छ ।
गाउँ घरका दोबाटो, चौरमा रोटेपिङ, लिंगे पिङको ’चचहुइ’ले गाउँ नै गुञ्जायमान छ । तर, शहर भने सुनसान हुँदै गएको छ ।
बढ्दो शहरीकरण, प्रविधिको विकास र साघुँरिदो समाजिक दायराले अहिले गाउँघरमा पिङको आकर्षण लोभ हुँदै गएको छ ।






















