कपिलवस्तुको पिपरा अस्पतालमा रेविज बिरुद्धको खोप सेवा सुरु

लुदअ कपिलवस्तु, माघ १२
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ मा रहेको पिपरा अस्पतालले रेविज बिरुद्धको खोप सेवा सुरु गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले रेविज बिरुद्धको खोप सेवा सुरु गरेको हो । रेविज बिरुद्धको खोप सेवा सुरु भएपछि अव यस क्षेत्रका नागरिकलाई खोप लगाउन बुटवल जानु पर्ने समस्या हटेको छ ।

जिल्ला अस्पताल तौलीहवामा मात्र रेविज बिरुद्धको खोप सेवा सुरु रहेकोल पिपरा अस्पतालले पनि रेविज बिरुद्धको खोप सेवा सुरु गरेपछि बाणगंगा अर्घाखाची र रुपन्देहीका पश्चिमि क्षेत्रका नागरिकलाई सहज हुने पिपरा अस्पतालका डाक्टर रञ्जीता महत्तोले बताइन ।

रेविज बिरुद्धको खोप सेवा सुरु शुभारम्भ कार्यक्रममा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उप प्रमुख चक्र अर्याल, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डागी लगायतले आआफनो धारणा राखेका थिए ।

सो अवसरमा वडा नः १ की वडा अध्यक्ष बाल कुमारी अधिकारी पन्त ,बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरुङ , पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *