कपिलवस्तु सामुदायिक अस्पतालमा वेबि वार्मर सहितको प्रसुति सेवा आज देखि सुरु हुंदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, माघ १२
कपिललवस्तु सामुदायिक अस्पतालमा वेवि वार्मर सहितको प्रसुति सेवा आजदेखि सुचारु हुने भएको छ । कपिलवस्तु जिल्लाको सामुदायिक अस्पतालले वेवि वार्मर सहितको प्रसुति सेवा दिन लागेको हो । जिल्लाको एक मात्र सामुदायिक अस्पतालले बाणगंगाको चार नम्बर बाट यस्तो सेवाको सुरुबात गर्न थालेको छ ।

सामुदायिक अस्पताल संचालनको धेरै बर्ष पछि यस्तो सेवाको सुरुवात हुदाँ यहाँ आउने सेवा ग्राहिहरुलाई सहज हुने भएको छ । वाणगंगा लगायत जिल्लाका धेरै महिलाहरुलाइ अब कपिलवस्तु सामुदायिक अस्पतालको प्रसुति सेवाले सन्तुष्ट पार्ने अस्पतालका अध्यक्ष रामजि सेनको भनाई छ । यसरि कपिलवस्तु सामुदायिक अस्पतालले दिने नियमित सेवाले बाणगंगा बासिहरु लगाएत अन्य सेवालिन आउने सबै सन्तुष्ट पाएको अस्पतालका महासचिव पोमनारायण पौडेलले वताए । यस क्षेत्रमा भरपर्दो प्रसुति सेवा नभएर दुख पाइरहेका गर्भवति महिलाहरुले सास्ती ब्यहोर्नु नपर्ने उनको भनाई छ ।

त्यस्तै समुदायिक अस्पताललाई अझौ व्यवस्थित तथा बिरामिको चाहना बमोजिम सेवा दिनमा आफुहरु लागि परेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले बताए । सामुदायिक अस्पतालले स्त्री तथा प्रसुति रोग विषेशज्ञ लुम्बीनी प्रादेशिक अस्पतालमा कार्यरत डा. नविन तिरुवा बाट २४ घण्टा सेवा दिने अस्पतालले जनाएको छ ।


प्रकाशित : २०७७ माघ १२, सोमबार ०१:४७