कपिलवस्तु सामुदायिक अस्पतालमा ‘सुरक्षित गर्भपतन तथा प्रसुति सेवा’ सुरु

ByLumbini Darpan Online

१२ माघ २०७७, सोमबार ११:३७ १२ माघ २०७७, सोमबार ११:३७ १२ माघ २०७७, सोमबार ११:३७

लुदअ कपिलवस्तु, माघ १२
कपिलवस्तु सामुदायिक अस्पतालमा सुरक्षित गर्भपतन तथा प्रसुति सेवाको शुभारम्भ भएको छ । अस्पतालले समयको माग र जनताको आवश्यकतालाई मध्यनजर गरि सोमबारबाट सुरक्षित गर्भपतन तथा प्रसुति सेवा सुरु गरेको हो । बाणगंगाका नगरप्रमुख मंगलप्रसाद थारु सो सेवाको आज एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा नगर प्रमुख थारुले जिल्लामा नै प्रभावकारी रुपमा सेवा दिदै आईरहेको यस अस्पतालले रक्षित गर्भपतन तथा प्रसुति सेवाको शुभारम्भ गर्नु सम्पूर्ण नगरवासीसंगै जिल्लावासीका लागी खुशीको कुरा भएको बताए । अस्तपालले समय र जनताको आवश्यकताका आधारमा सेवालाई थप सशक्त गराउदै लैजानु अस्पतालको सवल पक्ष भएको मेयर थारुको भनाई छ । त्यस्तै उनले नगरपालिकाले कपिलवस्तु सामुदायिक अस्पताललाई विशेष महत्वका साथ हेरेको र थप सेवासुविधाको विस्तारमा पनि नगरको पूर्ण साथ रहेने प्रतिवद्धता जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त अधिकारीले अस्पतालमा यस्ता सेवाको विस्तारले महिलाहरुलाई जिल्लामा नै सहज स्वास्थ्य उपचारको वातावरणको सिर्जना गरेको बताईन् ।

त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले अस्पतालमा थप विशेषज्ञ डाक्टरको व्यवस्था गरी उचित पारिश्रमिकको व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरे ।
अस्पतालका स्त्री तथा प्रसुति विशेषज्ञ डाक्टर नविन तिरुवाले अस्पतालमा उपलब्ध गराईने सेवा सुविधाको जानकारी दिदैं प्रसुति सेवा पूर्ण रुपले सुरक्षित तथा भरपर्दो हुने जिकीर गरे ।

अस्पताललाई आगामी दिनहरुमा सुविधा सम्पन्न तुल्याउँदै जनताको विश्वासलाई जित्ने योजनाका साथ अस्पताल प्रशासन अघि बडढरहेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *