
चैत्र ३ तिलोत्तमा ८
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा नगरपालीका स्तरिय खानेपानी सस्थाहरुको उपभोक्ता भेला आज सम्पन्न भएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासघं नेपाल रुपन्देही साखाको आयोजनामा , करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहल तिलोत्तमा ८ , ४ न मा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका नगर प्रमुख बासुदेव घिमिरेले खानेपानी र सरसफाईका क्षेत्रमा नगरपालीकाले बिभिन्न कार्यक्रम सन्चालन गरेको भन्दै स्वच्छ खानेपानीको लागी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाहरुले थप पहल गर्नु पर्ने बताउनु भयो । उहांले मानिसको स्वास्थ्य सबै भन्दा महत्व पुर्ण रहेको भन्दै खानेपानी नपुगेको ठाउमा पहल गरिने दाबी गर्नु भयो ।
कार्यक्रममा करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यज्ञ गैरेले खानेपानीको पहुच बिस्तारमा आफुहरु लागी परेको भन्दै सडक बिस्तार र बिकाश निर्माणले आफुहरु प्रताडित हुने गरेको बताउनु भयो । आनन्दबन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष केशव राज न्यौपानेले खानेपानी र मानीसको स्वास्थ्य एक अर्काका परिपुरक रहेको भन्दै यसका लागी उपभोक्ता सचेत र सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता महासघं नेपाल रुपन्देही साखाका अध्यक्ष धुब्र कुमार धितालको अध्यक्षतामा कार्यक्रमसम्पन्न भएको थियो ।