
बुटवल, ६ चैत ।
मासु व्यवसायी संघ रुपन्देहीले स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विजय शाहीले जानाकारी दिए ।
सामाजिक उत्तरदायित्व अनुसार आयोजना गरिएको रक्तदानमा ५५ युनिट रगत संकलन भएको थियो । रक्तदान कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको र संघ अझै सामाजिक कार्यमा अग्रसर हुने बताए । उनले सामाजिक कार्य अन्तर्गत चितवनमा निर्माणधिन गौतमबुद्ध क्रिकेट रंगशालालाई पनि सहयोग गर्न लागिएको बताए ।
रक्त सञ्चार केन्द्र भैरहवाको सहयोगमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मोहन कुमार शाही, बरिष्ठ सल्लाहकार तुलध्वज लामा, सल्लाहकार दिपक खड्गी, सरन कुमार शाही, बरिष्ठ उपाध्यक्ष मोहन खत्री, उपाध्यक्ष मसउज आलम, कोषाध्यक्ष नारायण घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

