हरि आचार्य, कपिलवस्तु
हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन सम्बन्धी समुदाय स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गजेहडा स्वास्थ्य चौकी बाणगंगा ४ गजेहडा कपिलवस्तुको आयोजनामा उक्त अन्तरक्रिया गरिएको हो ।
जिल्लामा रोगको संक्रमण पाईए पछि यो अभियान सुरु गर्न लागिएको हो । जिल्लामा कुल जनसंख्याको १२.५ प्रतिशत मानिसमा यसको सक्रमण रहेको तथ्यांकमा उल्लेख छ । सबैले औषधी सेवन नगरेका कारण अन्य जिल्लाको तुलनामा कपिलवस्तु पछाडी परेका हो । त्यसैले यस पटक औषधी सेवनबाट कोही नछुटुन भन्ने उद्देश्य छ ।
यस क्रममा चैत २० गते देखी औषधी वितरण गरी प्रत्यक्ष निगरानीमा सबै मानिसलाई हात्तिपाईले रोगको औषधी खुवाउने कार्यक्रम रहेको गजेहडा स्वास्थ्य चौकीका प्रमुख दोर्ण प्रसाद बेल्बासेले बताए । अन्तरक्रिया कार्यक्रममा जिज्ञासाको जवाफ दिंदै स्वास्थ्य चौकीका सिनियर अहेव सुन्दर तरामु, कृष्ण बस्नेतले हात्तिपाईले रोग लाग्नुको कारण, यसको फैलने तरिका, यस रोगबाट बच्ने उपायको बारेमा स्पष्ट पारेका थिए । यस पटक जिल्लामा यो अभियानलाई प्रभावकारी रुपमा संचालन गरि संक्रमणको अवस्था १ प्रतिशत भन्दा तल झार्ने उद्देश्य रहेको बताउँदै औषधि सेवन गर्न सबैलाई आग्रह गरे ।

दुई वर्ष मुनिका बालबालिका बाहेक सिकिस्त बिरामी, गर्भवती महिला र छारे रोगीहरुले औषधी खानु हुँदैन । त्यस्तै क्यान्सर, मुटु, मृगौला, कलेजो, फोक्सोका दिर्घ रोगीहरु र ज्वरो आएको २४ घण्टा भित्रका विरामीले पनि औषधी खानु हुँदैन । त्यस बाहेक सबैले निस्फिक्री रुपमा औधषी खाएर जिल्लाबाट हात्तिपाईले रोग निर्मुल पार्न सहयोग गर्नु पर्ने प्रमुख पाण्डेले बताए ।
सामन्यतया मानिसमा यो रोगको परजिवी भएकामा मानिस बाहिरी रुपमा स्वस्थ देखिए पनी भित्री अंङ्गमा परजिविले क्षेती पु¥याई हरेको हुँन्छ । परजीविका कारण मृगौला खराब भएर पिसाव सम्बन्धी रोग लाग्न सक्छ ।
गजेहडा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका उपाध्यक्ष अस्मिता नेपालीको अध्यक्षता, स्वास्थ्य चौकीका सिनियर अहेव सुन्दर तरामुको स्वागत मन्तब्य, हेल्थ असिसटेन्ट रमा ज्ञवालीको सञ्चालन रहेको अन्तरक्रिया कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी तथा सदस्य, शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै कम ज्वरो आउँनु, हातगोडामा निलडाम देखिनु, पुरुषको अण्डकोष वरपर नसाहरु फुल्नु, महिलामा स्तन वा यौनाङ्ग सुनिनु, दुख्नु आदी लक्षण देखा पर्ने चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले हात्तिपाईलेको औधषी सेवन पछि शरिरमा समान्य असर देखिनु सकारात्मक लक्षण भएको जानकारी दिएका छन् ।




















