कपिलवस्तुमा कोभिड १९ का बिरामीहरु बढ्दै, संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

[sharethis-inline-buttons]

लुदअ, कपिलबस्तु
कपिलबस्तुमा पछिल्लो समयमा कोभिड १९ का बिरामीहरु बढ्दै गएका छन् दोश्रो चरणमा कोरोना भाईरसले तिब्रता दिंदै गएपछि कोभिडका बिरामीहरुको संख्या बढ्दै गएको हो । बैशाख ११ गते बाणगंगा नगरपालिका ४ का ५२ बर्षीय पुरुषको कोरोना भाईरसका कारण बैशाख ८ गते देखि नेपाल प्रहरी हस्पिटल काठमाडौंमा उपचार भैरहेको थियो ।

उपचारको क्रममा बिरामीको काठमाडौं हस्पिटलमा मृत्यु भएको हो । यस संगै कपिलबस्तुमा कोरोनाका कारण मृत्यु हनेको संख्या ३५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिए ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित बिरामी १ सय ३० जना छन् जस मध्ये १० जना हस्पिटलमा उपचारत छन् । भने दश जनामा ७ जना बिरामीको आईस्युमा उपचार भैरहेको छ । बिरामीहरुको भिम हस्पिटल भैरहवा , कोरोना हस्पिटल बुटवल र पाल्पा मिसन हस्पिटलमा उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जानकारी दिएको छ । अन्य कोरोना भाईरसका बिरामीहरुको होम आईसुलेसनमा उपचार भैरहेको कोरोना फोफल पर्सन घिमिरेले जानकारी दिए ।


प्रकाशित : २०७८ बैशाख १२, आईतवार ०१:२१