रुपन्देहीमा थपिए २०४ संक्रमित

ByLumbini Darpan Online

१२ बैशाख २०७८, आईतवार १२:२२ १२ बैशाख २०७८, आईतवार १२:२२ १२ बैशाख २०७८, आईतवार १२:२२

 

 

बुटवल ,बैशाख १२
रुपन्देहीमा २०४ जना कोरोना संक्रमण का बिरामी थपिएका छन । बितेको २४ घण्टामा ८२ जना महिला र १२२ जना पुरुष कोरोनाका संक्रमित थपिएका हुन । बुटवल उपमहानगरपालिकामा मात्रै ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ ।

सिद्धार्थनगर नगरपालिकामा ३०, तिलोत्तमा नगरपालिकामा ५०, सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १र१ जना, गैडहवा गाउँपालिकामा ४, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २र२, सैनामैना नगरपालिकामा १०, ओमसतिया गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएका छन । जिल्लामा हाल १ हजार २४६ जना संक्रिय बिरामी रहेको स्वास्थ्य मन्त्रालय रुपन्देहीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *